साफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाल फर्किदै साम्बा
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार १४:४३:५०
४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल फर्किदैछन् ।
काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा सहभागी हुन साम्बा ढिलो गरि नेपाल फक्रिन लागेकी हुन् । साम्बा आजराती काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ ।
साम्बाको अनुपस्थितिमा नेपालले जारी साफ च्याम्पियनसिपको पहिलो खेल खेलिसकेको छ । भुटानविरुद्धको पहिलो खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएपछि साम्बाको अनुपस्थिति खड्किएको थियो ।
फ्रेन्च महिला लिगमा इएन अभान्ट गुईग्याम्पबाट खेलिरहेकी साम्बालाई क्लबले रिलिज नगरेका कारण रोकिनुपरेको थियो । भुटानविरुद्धको खेल फिफा विन्डोमा नपरेका कारण साम्बालाई क्लबले रिलिज गरेको थिएन । त्यस्तै गुईग्याम्पले यस सिजनमा जित हासिल गर्न नसकेको अवस्थामा टिममा उनको भूमिका महत्वपूर्ण रहेको भन्दै क्लबले रिलिज गरेको थिएन ।
गुईग्याम्पले गएराती स्ट्रासवर्गविरुद्धको खेलमा ३-२ को जित हासिल गर्दा साम्बाले पहिलो गोल गरेकी थिइन् । जुन यस सिजनमा गुईग्याम्पको पहिलो जित समेत थियो ।
जारी साफमा नेपालले भने अर्को खेल सोमबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार