चितुवा बस्तीमा पसेपछि स्थानीय त्रसित
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार १४:५२:७
४ कात्तिक, राँझा 'बाँके' । चितुवाले घरमा आएर मानवीय क्षति पुर्याउन थालेपछि खजुरा गाउँपालिका–६ सिमलघारीका स्थानीय त्रसित भएका छन् । स्थानीय गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।
गत भदौ ३० गते घरबाट स्थानीय वीरन्द्र पुनकी तीन वर्षीया बालिका लक्ष्मी पुनलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि सिमलघारीवासी त्रसित बनेका स्थानीय विनोद शाहीले बताए । “चितुवाले यसअघि पनि पटकपटक खोरमा राखेका बाख्रा तान्ने गरेको थियो, अहिले मान्छे तान्न थाल्यो”, उनले भने, “घरको आँगनमा खेल्दै गरेकी बालिकालाई चितुवाले लगेपछि असुरक्षा बढेको छ ।”
बालिकाको घरदेखि करिब एक किलोमिटर पश्चिमतर्फको गिजरा सामुदायिक वनको जङ्गलमा टाउको र एउटा खुट्टा फेला परेको थियो । सिमलघारी बस्ती नजिकै मानखोला किनारमा गिजरा सामुदायिक वन पर्दछ ।
मानखोला पारी बर्दिया जिल्लातर्फ ठूलो जङ्गल रहेकाले राति जङ्गली जनावर मानव बस्तीमा आउने गरेका खजुरा–६ का वडाध्यक्ष फारुख शेषले बताए । जङ्गली जनावरका कारण स्थानीयवासी एक्लै हिँडडुल गर्न, घरायसी काममा निस्कन, दाउँरा, घाँस गर्नसमेत डराउनुपर्ने स्थिति आएको उनले उल्लेख गरे ।
गिजरा वनबाट दुई चितुवा नियन्त्रणमा लिए पनि स्थानीयको त्रास घटेको छैन । गत भदौमा बालिकाको चितुवाले ज्यान लिएपछि डिभिजन वन कार्यालय बाँकेले गत असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिन खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो ।
खोजतलासका क्रममा हालसम्म दुई चितुवा खोर ९केज० मा परेका डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिए । सामुदायिक वनमा अझै पनि चितुवा देखिएकाले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।
गत असोज १८ गते र २५ गते दुई चितुवा नियन्त्रणमा लिई चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको वरिष्ठ वन अधिकृत चौधरीले बताए । उनका अनुसार चितुवालाई नियन्त्रणमा लिन असोज १ गतेदेखि वन क्षेत्रमा तीन वटा फलामको खोर र वनका पाँच स्थानमा पाँच वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिएको थियो । उनका अनुसार एक हप्ताभित्र दुई चितुवा नियन्त्रणमा आएका छन् ।
बाँके र बर्दियाको सीमावर्ती क्षेत्र मानखोलाको किनारमा पर्ने गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित हुँदै आएका छन् । दुईवटा चितुवा नियन्त्रणमा आएपछि केही राहत महसुस भएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले बताए । वन क्षेत्रमा अझै चितुवा रहेकाले खोजी नियन्त्रणमा लिने प्रयास भइरहेको भन्दै उनले स्थानीयलाई आवश्यक सर्तकता अपनाउन आग्रहसमेत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौशाला धर्मशालाको विवाद अध्ययन गर्न मन्त्रालयले बनायो समिति
कात्तिक ५, २०८१ सोमबार
आज केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
कात्तिक ३, २०८१ शनिबार
पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने
कात्तिक १, २०८१ बिहिबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
विपक्षी दलहरूले बुझाए प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र
कात्तिक ५, २०८१ सोमबार
खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ
कात्तिक ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, ८ घाइते
कात्तिक ५, २०८१ सोमबार
बदलिँदो चुनौती सामना गर्न प्रहरी महानिरीक्षकको निर्देशन
कात्तिक ५, २०८१ सोमबार
भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक छ: पूर्वप्रधानमन्त्री भट्टराई
कात्तिक ५, २०८१ सोमबार
अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै
कात्तिक ५, २०८१ सोमबार