हिरासतमा सर्वसाधारण र भीआईपीमा भेदभावः अदालत लैजाँदा रवि लामिछानेलाई लगाइएन हतकडी
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार १४:५८:२२
४ कात्तिक, पोखरा । कानुनले सबैलाई बराबरी भने पनि व्यवहारमा भने भीआईपी र सर्वसाधारणमा धेरै भेदभाव हुने गरेको छ । एउटै अपराधमा हिरासत रहेका बेला सर्वसाधारणलाई हतकडी लगाएर राखिन्छ भने भीआईपीहरु हतकडीबिहीन हुन्छन् । आइतबार सहकारी ठगी आरोपमा समातिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई विना हतकडी अदालत लगियो ।
नेपाली जनताले तिरेको करबाट सरकारी कर्मचारीले तलब खान्छन् । जनताले गरेको मतदानबाटै नेता चुनिएका आएका हुन्छ । तर, सरकारी कर्मचारीले जनता र नेतामा गर्ने व्यवहार धेरै फरक छ भन्ने आजको घटनाबाट पुष्टि भएको छ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराइँदा हतकडी लगाइएन ।
विना हतकडी लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराएको हो । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि प्रहरीले हतकडी लगाएको थिएन । त्यही ठाउँमा सर्वसाधारण अभियुक्त भएको भए प्रहरीले समात्ने बित्तिकै हतकडी लगाउँथ्यो ।
कानुन त सबैका लागि एउटै न हो । तर, नेता र सर्वसाधारणलाई गर्ने व्यवहार किन छुट्टाछुट्टै ? अभियुक्त पक्राउ परेपछि उसलाई मेडिकल चेकजाँच र अदालतमा म्याद थप गर्न लैजाँदा अनिवार्य हतकडी लगाउनुपर्छ । उनीहरुलाई बस्नका लागि पनि कोठामा खाट हालेर छुट्टै व्यवस्थापन गरिएको हुन्छ । यसले जनताको करबाट तलब खाएका, लुगा लगाएका प्रहरीले जनता र नेतामाथि विभेद गर्न मिल्छ भन्ने प्रश्न उठाएको छ ।
यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले हतकडी लगाएको थियाे। भीआईइपीहरुलाई हतकडी नलगाइएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोधसमेत भइरहेको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा कागजपत्र मिलाएर लामिछानेलाई जिल्ला अदालत लगिएको हो । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेको म्याद थपका लागि न्यायाधीश नवराज दाहालको इजलासमा पेसी तोकिएको छ, उनी हतकडीबिहीन छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार