भारतमा विमानमा बमको धम्कीबाट दुई सय करोडभन्दा बढीको नोक्सानी !
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार ९:७:४७
५ कात्तिक, काठमाडौं । भारतमा यात्रुवाहक विमानमा बमको धम्की आउने क्रम जारी रहेको छ । आइतबार २५ भन्दा बढी उडानमा बमको धम्की आएपछि आपतकालीन अवतरण गराइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार इन्डिगो, विस्तारा र एयर इन्डियाका ६–६ विमानलाई बमको धम्कीपछि अवतरण गराइएको थियो ।
त्यसअघि शनिबार मात्र ३० भन्दा बढी विमानलाई धम्की आएको थियो । जसका कारण सयौं यात्रु घन्टौं सास्तीमा परेका थिए । पछिल्लो एक हप्तामा ९० भन्दा बढी विमानमा बमको धम्की आएको छ । पछि यी सबै झुटा साबित भएका छन् । यी धम्कीका कारण अहिलेसम्म २ सय करोड रुपैयाँ भारुसम्मको नोक्सान भइसकेको छ ।
गृह मन्त्रालयले यस सम्बन्धमा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन सुरक्षा ब्यूरोसँग विस्तृत प्रतिवेदन मागेको बताइएको छ । त्यस्तै केन्द्र सरकारले नागरिक उडड्यन प्रमुखलाई पदबाट हटाएको छ । यद्यपि प्राधिकरणले भारतको आकाश पूर्ण रुपमा सुरक्षित रहेको बताएको छ । शनिबार पनि ३० भन्दा बढी विमानमा बमको धम्की आए पनि सबैको विवरण भने खुलाइएको छैन ।
जहाजमा बम रहेको सूचना पाएपछि उडानलाई निर्धारित विमानस्थलको सट्टा नजिकैको विमानस्थलमा अवतरण गराइएको थियो । यसबाट इन्धन बढी खपत हुने मात्र होइन, विमानको रि-चेकिङ, यात्रुलाई होटलमा राख्ने र गन्तव्यमा पुर्याउने व्यवस्था मिलाउनुपर्ने भएपछि खर्च बढेको छ ।
यो साता विस्तारा, एयर इन्डिया, इन्डिगो, अकासा, स्पाइसजेट, स्टार एयर र एलायन्स एयरका ७० भन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूलाई धम्की आएको छ। धम्कीका कारण अहिलेसम्म २ सय करोड रुपैयाँसम्मको नोक्सान भइसकेको छ ।
शुक्रबार अबेर राति एयर इन्डिया एक्सप्रेस र विस्तारा एयरलाइन्सको एक–एक उडानमा बमको धम्की दिइएको थियो । त्यसमध्ये दिल्लीबाट लन्डन जाने विस्ताराको फ्लाइटलाई फ्र्याङ्कफर्ट डाइभर्ट गरिएको थियो । त्यस्तै १८९ यात्रु लिएर दुबईबाट जयपुर आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको उडानलाई जयपुरमा आपतकालीन अवतरण गरिएको थियो । अनुसन्धानका क्रममा दुवै विमानमा शङ्कास्पद केही भेटिएन ।
विमानमा बम राखेको झुटो समाचार फैलाएको आरोपमा मुम्बई प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी एक नाबालिगलाई हिरासतमा लिएको छ । उनले १४ अक्टोबरमा इन्डिगोको विमानमा बम राख्ने धम्की दिएका थिए । लगातारको धम्कीका बीच दिल्ली प्रहरीले ६ वटा एफआईआर दर्ता गरेको छ । अर्कोतर्फ सरकारले विमानमा बम रहेको भनी झुटो दाबी गर्ने १० सामाजिक सञ्जाल अकाउन्ट ब्लक गरेको छ ।
उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीलाई धम्कीपूर्ण सन्देश पठाएको सम्बन्धमा संसदीय समितिलाई जवाफ दिएको थियो । आरोपितहरुको पहिचान भई कारबाही भइरहेको मन्त्रालयले जनाएको छ । यस्ता धेरै घटनामा थप जानकारी सङ्कलन र कारबाही भइरहेको पनि बताए । मिडिया रिपोर्टका अनुसार, सबै साइबर एकाइहरूलाई धम्कीपूर्ण सोशल मिडिया खाताहरू ट्र्याक गर्न निर्देशन दिइएको छ। तीमध्ये धेरैजसो खाताहरू भारत बाहिरबाट सञ्चालन भइरहेका बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
भक्तपुर महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो
पुष १, २०८१ सोमबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार