इजरायलको इरान आक्रमणको योजना अमेरिकाबाट लिक !
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १०:१९:१९
५ कात्तिक, काठमाडौं । इजरायलले इरानमा आक्रमण गर्न बनाएको गोप्य योजना अमेरिकाबाट लीक भएको छ । यी कागजातहरूमा इजरायलले इरानमाथि आक्रमण गर्न बनाएको योजना रहेको दाबी गरिएको छ । सीएनएनको रिपोर्टका अनुसार अमेरिकाले पनि यस विषयमा अनुसन्धान सुरु गरेको छ । सिएनएनले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यी कागजहरू 'मिडल ईस्ट स्पेक्टेटर' नामक च्यानलले अक्टोबर १८ शुक्रबार टेलिग्राममा पोस्ट गरेको उल्लेख गरेको छ ।
यी कागजातहरूमा शीर्ष गोप्य र १५ र १६ अक्टोबरको मिति लेखिएको छ । यस प्रकारका कागजातहरू लीक हुनु अमेरिकाका लागि गहिरो चिन्ताको विषय भएको बताइएको छ । यी कागजातहरू अमेरिका र यसका सहयोगी देशहरू अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड र बेलायतका लागि भएको जो गुप्तचर नेटवर्क फाइभ आइजका हिस्सा रहेका छन् । इरानले अक्टोबर १ मा इजरायलमा १८० मिसाइल आक्रमण गरेको थियो ।
यसपछि इजरायलले बदला लिने बताउँदै आएको छ । गोप्य दस्तावेजका अनुसार इजरायलले इरानमाथि ठूलो आक्रमणको तयारी गरिरहेको छ । यी मध्ये एउटा दस्तावेजका अनुसार इजरायलले आक्रमणका लागि हतियार ढुवानी गर्न थालेको छ । यो कागजात नेशनल जियोस्पेशियल इन्टेलिजेन्स एजेन्सीले तयार पारेको हो । अर्को कागजातमा इजरायली वायुसेनाको अभ्याससँग सम्बन्धित जानकारी समावेश छ ।
यसमा हावाबाट जमीनमा मार हान्ने मिसाइलहरूको परीक्षणसँग सम्बन्धित जानकारी समावेश छ । सीएनएनका अनुसार यी अभ्यासहरू इरानमाथि आक्रमण गर्ने तयारीको एक हिस्सा भएको मानिएको छ । यस विषयमा अमेरिकी पूर्व उपविदेशमन्त्री मिक मुल्रोयले इरानमाथि इजरायलको जवाफी हमलासँग सम्बन्धित सूचना साँच्चै लीक भएको भए यो नियमको गम्भीर उल्लंघन भएको टिप्पणी गरेका छन् ।
यसले अमेरिका र इजरायलबीचको भावी सम्बन्धमा नकारात्मक असर पार्न सक्ने उनको विश्लेषण छ । गत वर्ष पनि अमेरिकाबाट केही खुफिया सूचना चुहावट भएको थियो । जसका कारण अमेरिका र दक्षिण कोरिया र युक्रेन जस्ता सहयोगी राष्ट्रहरूबीच तनाव उत्पन्न भएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीचको सम्बन्ध यस वर्षको अगस्टदेखि बिग्रिएको बताइएका बेला यो लिकले समबन्ध अझ बिग्रिन सक्ने विश्लेषण गरिएको छ ।
यी कागजातहरू लीक भएको जानकारी शनिबार पहिलो पटक प्रकाशमा आएको थियो । यी कागजातहरू ह्याक गरिएको हो वा कसैले जानाजानी लीक गरेको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन । यसअघि अमेरिकी गुप्तचर एजेन्सीहरूले अगस्टमा इरानले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित कागजात ह्याक गरेको जानकारी दिएका थिए ।
इरानले अक्टोबर १ मा राति १० बजे इजरायलमा १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । यस आक्रमणमा ठूलो क्षति भने भएको थिएन । तर, तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका थिए । यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
भक्तपुर महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो
पुष १, २०८१ सोमबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार