सरकारले तीन महिनामा तिर्यो २९ अर्ब ४३ करोड आन्तरिक र ५ अर्ब ९३ करोड बाह्य ऋण
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १०:४७:४३
५ कात्तिक, काठमाडौं । सरकारले गएको तीन महिनामा सरकारी ऋणको भुक्तानी बढाएको छ । असोजसम्म २९ अर्ब ४३ करोड आन्तरिक र ५ अर्ब ९३ करोड बाह्य ऋण भुक्तानी भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार तिर्न बाँकी सार्वजनिक ऋण पनि करिब साढे ५ अर्ब रुपैयाँ घटेको छ ।
असोजसम्म तिर्न बाँकी सार्वजनिक ऋणमध्ये १२ खर्ब ८६ अर्ब ७३ करोड बाह्य र १२ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण छ । यसैगरी तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४.२३ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋण जीडीपीको २१.६७ र बाह्य २२.५६ प्रतिशत छ । हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ४९ र बाह्य ५१ प्रतिशत छ ।
गत असोज मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका तीन महिना (साउन, भदौ र असोज) मा सार्वजनिक ऋण ८८ अर्ब ८३ करोड रूपैयाँले बढेको छ । गत असारमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।
भदौ मसान्तको तुलनामा विनिमय दरमा परिवर्तनले ५ अर्ब ५८ करोड सार्वजनिक ऋण घटेको छ । गत भदौमा तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरको विनिमय दरमा उतारचढाव आउँदा सार्वजनिक ऋण दायित्वमा पनि लाभहानी हुन्छ । डलरको विनिमय दर घट्दा नेपाललाई लाभ हुन्छ भने बढ्दा हानि । गत असोजमा डलरको विनिमय दर घटेकाले करिब साढे ५ अर्ब रुपैयाँ बराबर दायित्व कम भएको हो ।
प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षमा ऋण सेवा (साँवाब्याज तिर्न) मा ४ खर्ब २ अर्ब बजेट विनियोजन भएकामा असोज मसान्तसम्म ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनका आधारमा २०.६२ प्रतिशत र जीडीपीका आधारमा १.४६ प्रतिशत हो । पछिल्ला वर्षमा सार्वजनिक ऋणको आधार बढिरहेको तथ्यांकले देखाउँछ ।
यस अनुसार ०७३/७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो । ०७४/७५ मा यस्तो ऋण ९ खर्ब १७ अर्ब पुग्यो । सार्वजनिक ऋण ०७५/७६ मा १० खर्ब ४८ अर्ब, ०७६/७७ मा १४ खर्ब ३३ अर्ब, ०७७÷७८ मा १७ खर्ब ३७ अर्ब, ०७८/७९ मा २० खर्ब १३ अर्ब, ०७९/८० मा २२ खर्ब ९५ अर्ब रुपैयाँ बराबर पुगेको सरकारी प्रतिवेदनहरूमा उल्लेख छ ।
यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ । यस अनुसार असोजसम्म १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ ऋण उठाएको छ । ‘वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २४.९२ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ३४.८५ र ८२ प्रतिशत छ ।’ यसका आधारमा बाँकी नौ महिनामा सरकारले २ खर्ब १५ अर्ब आन्तरिक र १ खर्ब ९५ अर्ब ६८ करोड बाह्य ऋण उठाउनुपर्छ ।
चालु वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड ब्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट बेहोरिनेछ । गत आर्थिक वर्षदेखि वित्तीय व्यवस्थापन शीर्षकको विनियोजनले पुँजीगत खर्चको आकारलाई उछिनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाइ तीव्र पारिने
कात्तिक ४, २०८१ आइतबार
पूँजीगत खर्च ६५ प्रतिशतले बृद्धि भएको अर्थ मन्त्रालयको दावी, तीन महिनाको कार्यप्रगति सार्वजनिक
कात्तिक २, २०८१ शुक्रबार
तीन महिनाको खर्च र आम्दानी: निर्माण व्यवसायी र दुग्ध किसानको रकम भुक्तानी गर्दा खर्चमा देखियो सुधार
कात्तिक २, २०८१ शुक्रबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
अब के गर्छन सभामुख, के हुन्छ लामिछानेको सांसद पद
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार
कांग्रेस र एमालेको मिलनबिन्दु लामिछाने पक्राउ र अध्यादेश, आजै मन्त्रिपरिषद बैठक बस्दै
कात्तिक ५, २०८१ सोमबार
हिरासतमा सर्वसाधारण र भीआईपीमा भेदभावः अदालत लैजाँदा रवि लामिछानेलाई लगाइएन हतकडी
कात्तिक ४, २०८१ आइतबार
रवि लामिछानेमाथि कडा कारवाहीको माग गर्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
कात्तिक ४, २०८१ आइतबार
सेनाले तयार पार्यो सिन्धुली-रामेछाप जोडिने बेलिब्रिज
कात्तिक ५, २०८१ सोमबार
बालिकालाई यौनधन्दामा लगाउने गोतामे पक्राउ
कात्तिक ५, २०८१ सोमबार
मनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
कात्तिक ५, २०८१ सोमबार
ब्राजिलका राष्ट्रपति सिल्भा आफ्नै घरमा लडेर घाइते, पाँच टाका लगाइयो
कात्तिक ५, २०८१ सोमबार
चरिचरनमा चर्दै गरेका चौँरी
कात्तिक ५, २०८१ सोमबार
ढकमक्क फुलेका सयपत्री फूल
कात्तिक ५, २०८१ सोमबार