सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, चाँदी पनि बढ्यो
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार ११:५:०
५ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ६ सय पुगेको छ ।
सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार चाँदी प्रतितोला २०९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा सुनचाँदीको भाउ बढेको हो । सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी रहेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
दसैं बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दसैं बिदापछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो । असोज ३० गते १ लाख ६१ हजार ८ सय, कात्तिक १ गते १ लाख ६२ हजार ४ सय, कात्तिक २ गते १ लाख ६४ हजार ४ सय र कात्तिक ४ गते १ लाख ६५ हजार रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मंसिर ६, २०८१ बिहिबार
तोलामा ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ किनबेच ?
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार