अख्तियारबाट फिर्ता बोलाएर एसपी थापामाथि ‘हनीट्रयाप’मा अनुसन्धान शुरु

नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १२:५:३२

५ कात्तिक, काठमाडौं । हनी ट्रयापिङका आरोपीसँग सम्पर्क रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका एसपी कमल थापालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ । हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा इन्स्पेक्टर बिनु कुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एसपी थापालाई अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको हो ।
एकजना जग्गा व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घटनामा एसपी थापा र ‘हनिट्रयाप’का मुख्य योजनाकार ताज मुल इस्लामबीच एयरपोर्टको एक होटलमा भेटघाट भएको विषयमा शुरुदेखि नै शंकास्पद रहेको भन्दै छानवीन गर्नुपर्ने आवाज उठेको थियो । । प्रहरी उपरीक्षक कमल थापामाथि छानबिन भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतको दावी छ ।
ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा बोलाएर घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा इन्स्पेक्टर बिनु शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी अहिले फरार छिन् । एसपी थापाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी दीपेन्द्र जिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । जिसी महिला बालबालिका सेवा निर्देशनालयमा कार्यरत छन् । एसपी थापा र इन्स्पेक्टर शाही कञ्चनपुर जिल्लामा सँगै कार्यरत रहँदा विवादमा आएका थिए । अहिले पनि शाही बचाउने प्रयासमा एसपी थापा लागेको स्रोतको दावी छ ।
धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा विकले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । सो उजुरीको आधारमा इन्स्पेक्टर शाहीले ललितपुरको लुभु बस्ने घरजग्गा व्यवसायीलाई बोलाएर छलफल गराएकी हुन् । ती व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दारसहित ४ जना थुनामा छन् ।
थुनामा हुनेमा सुस्मा विक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवल्दार महेन्द्र हमाल छन् । सहायक हवल्दार इन्स्पेक्टर शाहीको सवारी चालक हुन् । घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरुविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ ।
ललितपुरको साना गाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको भेटिएको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैंसेपाटीकी इन्स्पेक्टर विनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् । शाहीलाई निलम्बन गरिएको छ । ‘हनिट्रयाप’का मुख्य योजनाकार ताज मुल इस्लाम एसपी थापासँग परिचित थिए । थापाको सिफारिसका आधारमा इन्स्पेक्टर शाहीले व्यवसायीलाई दबाब दिएर रकम असुलेको प्रारम्भिक छानबिन निष्कर्ष छ । यसअघि जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समितिले एसपी थापालाई पनि छानबिनको दायरामा ल्याउन सिफारिस गरेको थियो । सो छानबिन प्रतिवेदन प्रधान कार्यालयले झिकाएको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सहायक हवलदार महेन्द्र हमालसहित चार जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । इटहरीका ताज इस्लाम नेतृत्वको समूहले इन्सपेक्टर शाहीसँग मिलेर व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै एक दिन थुनामा राखेर ३० लाख रुपैयाँ असुल गरी छाडेको थियो । सो गिरोह पेशेवर देखिएको, घटना योजनाबद्ध भएको र तीन जना भन्दा धेरै व्यक्तिको संलग्नता देखिएपछि ललितपुर प्रहरीले संगठित अपराध कसुरमा पनि अनुसन्धान गर्न गरेको थियो । संगठित अपराधमा प्रहरीले आरोपीलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ भने सजाय पनि ५० प्रतिशत थप हुन्छ ।
आपराधिक लाभ मात्र मुद्दा दायर भएमा २४ दिनमै मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ । प्रहरीले इन्सपेक्टर शाहीलाई भने पक्राउ गर्न चासो दिएको छैन । स्रोतका अनुसार प्रहरीको माथिल्लो निकायबाटै उनलाई तत्काल पक्राउ नगर्न भनेर दबाब दिइएको छ । फरार अवस्थामै उनले चलखेल गरिरहेकी छिन् । यसअघि छानविन र निलम्बन रोक्न समेत अनेक प्रयास गरेकी थिइन् । तर, पक्राउ परेका अभियुक्तहरू ताज इस्लाम र सुष्मा विकले नै उनको सबै पोल खोलिदिएका छन् । इन्सपेक्टरसँगको सल्लाहमै त्यसरी झगडाको उजुरी दिन लगाएर थुनामा राखी पैसा असुलिएको उनीहरुको बयान छ । प्रहरी प्रभाग भैंसेपाटीको प्रमुख हुँदा शाहीले यस्तो धन्दा चलाएकी थिइन् ।
इन्सपेक्टर शाहीले गिरोहका नाइके इस्लामको मोबाइल समेत प्रहरी कार्यालयबाट गायब बनाएकी छिन् । सो मोबाइलमा इन्सपेक्टर शाहीदेखि माथिल्लो तहका प्रहरीसँगको उनको कुराकानीहरू थिए । त्यो कुरा लुकाउन उनले मोबाइल गायब बनाइएकी हुन् । एसपी थापा घटनाको दिन मुख्य आरोपी ताजसँग बसेका थिए । एसपी थापा र ताजबीच एयरपोर्टको एक रेस्टुरेन्टमा भेट भएको थियो । साथै ताज र इन्स्पेक्टर शाहीबीच समेत उनले नै चिनजान गराइदिएर ती व्यापारीलाई थुन्न लगाएको छानबिनमा खुलेको छ । ताजको मोबाइल नै गायब बनाइएकाले एसपीसँगको उनको सम्बन्धबारे विस्तृत खुल्न सकेको छैन । एसपी थापा सुनसरीको प्रहरी प्रमुखका रूपमा हुँदा ताजसँग नजिकिएका थिए । सोही समूहको हनी ट्र्यापिङको अर्काे घटनामा पनि छानबिन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल संगठनको जग्गा प्रकरणप्रति चासो देखाउँदै मानवअधिकार आयोगले माग्यो अनुसन्धान फाइल
फागुन २, २०८१ शुक्रबार
उच्च भ्रष्टाचारको सूचीमा नेपाल, १०० मा ३४ अंकसहित १०७ औँ स्थानमा पर्यो
माघ २९, २०८१ मंगलबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार