सेनाले तयार पार्यो सिन्धुली-रामेछाप जोडिने बेलिब्रिज
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १३:२४:४४
५ कात्तिक, सिन्धुली । गत असोज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीले सुनकोशी नदीको पुल रामेछापतर्फ ५१ मिटर बगाएपछि बनाइएको बेलिब्रिज सञ्चालनमा आएको छ । सिन्धुली–रामेछाप जोड्ने सुनकोशीमा नेपाली सेनाले सोमबार बिहान बेलिब्रिज हाल्ने काम सकेको हो ।
बेलिब्रिजमाथि एक÷दुई दिनभित्रै सवारी साधन सञ्चालन गरिने भएको छ । बेलिब्रिजको काम सकिएको र रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने थोरै काम बाँकी रहेको छ । भारवहन क्षमता जाँच सफलतापूर्वक सम्पन्न गरिएको र अहिले यात्रीहरूलाई कामको समय मिलाएर सेनाले पुलबाटै वारपार गर्न दिइएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने १० वर्षअघि बनेको सुनकोशी नदीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार