रौतहटको पोठीयाही बर्थिङ सेन्टरमा तालाबन्दी, सुत्केरी सेवा प्रभावित
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १३:४१:६
५ कात्तिक, रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत एक बर्थिङ सेन्टरमा स्थानीयहरूले तालाबन्दी गरेका छन् ।
स्वास्थ्य कर्मचारी सरुवाको विरुद्धमा गरुडा नगरपालिका ६ पोठीयाही बर्थिङ सेन्टरमा गाउँलेहरुले तालावन्दी गरेका हुन्। बर्थिङ सेन्टरमा कार्यरत स्वास्थकर्मी सी एम ए तारा रामको नगरपालिकाले अरु सेन्टरमा सरुवा गरेको कारण आक्रोसित गाउँलेहरु कर्मचारीलाई बाहिर निकालेर सोमवार तालाबन्दी गरेको छ ।
सिएमए राम लामो समयदेखि पोठीयाही बर्थिङ सेन्टरमा कार्यरत रहेका थिए । उनको जथाभावी सरुवाले महिलाहरूको सुत्केरी सेवा प्रभावित हुने भएकाले सरुवा बदर हुनुपर्ने स्थानीय समाजसेवी सुनिल कुमार साहले बताएका छन् ।
स्वास्थ्यकर्मी रामको सरुवा बदर नभएसम्म बर्थिङ सेन्टरको ताला न खोलिने पोठीयाही बासीले अडान लिएका छन् । गरुडा ६ का वडा अध्यक्ष रामबाबु चौधरीले बर्थिङ सेन्टरमा तालाबन्दीको पुष्टी गरेका छन्। नगरपालिकाले जथाभावी वडासँग सल्लाह नै नगरी स्वास्थ्य कर्मचारी सरुवा गरेको परिणाम भएको अध्यक्ष चौधरीले गुनासो गरेका छन् ।
सहज रुपमा स्वास्थ सेवा प्रवाह भईरहँदा स्वास्थ्यकर्मीको सरुवा गरेर नगरपालिकाले अनावश्यक तनाब थपेको आक्रोस व्यक्त गरेका छन्। गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले बर्थिङ सेन्टरमा तालाबन्दी भएको बारे जानकारी नरहे पनि यसै सूचनाको आधारमा घटना बारे पता लगाएर ताला खुलाउने पहल गर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार