भ्रष्टाचारीको मतियार पनि भ्रष्टाचारी नै हुन्छ, प्रधानमन्त्रीले दान लिएर गलत गरेः प्रचण्ड
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १४:४१:५७
५ कात्तिक, जुम्ला । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा आरोपित व्यक्तिको मतियार पनि भ्रष्टाचरी नै ठहर हुने बताएका छन् । उनले प्रधानन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षकको संज्ञा दिएका छन् । भ्रष्टाचारीबाट दान लिएर प्रधानमन्त्री ओलीले गलत गरेको उनको भनाइ छ ।
प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने पनि बताएका छन् । सोमबार जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताए । उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताए ।
मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दै छ, अध्यक्ष प्रचण्डले भने, ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबर्जस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिरहेको छ, तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैँले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरे ।’
सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने जानकारी पनि दिए । उनले भने, ‘देशमा महत्वपूर्ण उपलब्धि भइरहेको बेला हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि खासगरी नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बूढानीलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वभाविकरुपमा सरकार बनाइयो ।’
पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई धकेल्ने काम गरिएको बताउँदै उनले यो अस्वाभाविक भएको बताए । ‘अप्राकृतिक ढंगले प्रतिनिधि सभामा भएका पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई बाहिर निकाल्ने काम गर्नुभएको छ । यो सामान्यत संसदीय लोकतन्त्र भनिने ठाउँमा यस्तो हुँदैन,’ उनले भने, ‘‘पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको कहिल्यै सुनिँदैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार