सुनकोसीको पुल बाढीले भत्काएपछि व्यापारिक कारोबार शून्य
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १५:५६:१४
५ कात्तिक, उदयपुर 'गाईघाट' । गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट, दिक्तेलसँगको व्यापारिक कारोबारमा ह्रास आएको छ ।
उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दित्तेल जोड्ने फोक्सिङटारस्थित सुनकोसीको पुल बाढीले भत्काएपछि यातायात अवरुद्ध हुँदा गाईघाट दिक्तेलका व्यापारिक कारोबार घट्न पुगेको हो ।
त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अध्यक्ष रमेश विकका अनुसार गाईघाट दिक्तेल सगरमाथामार्ग नियमित सञ्चालन हुँदा खोटाङको दिक्तेलसँग नियमित गाईघाटबाट दैनिक पाँच लाखदेखि १५ लाखसम्मको वस्तु आपूर्ती हुने गरेको थियो । तर अहिले यातायात सेवा अवरुद्ध भएपछि गाईघाट दिक्तेलको व्यापारिक कारोबार झण्डै शून्य जस्तै बन्न पुगेको उनको भनाइ छ ।
हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटका सदस्य सुरेश श्रेष्ठका अनुसार सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले भत्काउन अघिसम्म गाईघाट दित्तेल सडक खण्डमा दैनिक चार वटा ठूला बस सञ्चालन हुने गरेको थियो । हाल गाईघाट दित्तेल सिधा यातायात सञ्चालन छैन ।
उक्त सङ्घअन्तर्गत गाईघाट दित्तेल सडक खण्डमा यातायात सञ्चालन हुँदा प्रतिदिन रु एक लाखसम्मको कारोबार हुने गरेको थियो । तर अहिले घाटा बढिरहेको सङ्घका पूर्वमहासचिव ओमभक्त मैनालीले बताए ।
गाईघाट दित्तेल सडक खण्ड अवरुद्ध भएपछि दित्तेल क्षेत्रका व्यापारीहरु सिद्धिचरणमार्गअन्तर्गत कटारी–घुर्मी–ओखलढु्गाको हर्कपुर–हलेसी हुँदै मालसामान लगिरहेको खोटाङ खोेटेहाङ गाउँपालिका भडारेका व्यवसायी बद्री श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार