दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउन नसकेपछि मन्त्रिपरिषद् बैठक स्थगित, देउवाले देखाए शेखर
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १६:४:२७
५ कात्तिक, काठमाडौं । अन्तिम समयमा आएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश रोक्न भनेपछि आज साँझ बोलाइएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ । कांग्रेसका एक मन्त्रीले बैठक स्थगित भएको नेपालबहसलाई जानकारी दिए । अध्यादेशका विषयमा सहमति नभएपछि बैठक स्थगित भएको हो ।
अध्यादेशबारे देउवाले कांग्रेसभित्र सामान्य मात्रै छलफल गरेका थिए । इतरसमूहका नेता डा. शेखर कोइरालासँग एक चरणमा भएको छलफलमा उनले अध्यादेश ल्याउन नहुने सल्लाह दिएका थिए । त्यसपछि कोइराला विराटनगर लागे । ओलीले पनि अध्यादेशका विषयमा कोइरालासँग छलफल गर्न पाएका थिएनन् । देउवाले सहमति दिए आजको मन्त्रिपरिषदको बैठकबाट राष्ट्रपति समक्ष अध्यादेश प्रमाणीकरणका लागि सिफारिस गर्ने तयारीमा प्रधानमन्त्री थिए ।
प्रधानमन्त्री ओली राजनीतिक दलसम्बन्धी ऐन २०७३ परिमार्जन गर्ने पक्षमा छन् । यसले केन्द्रीय सदस्य र संघीय संसदका कम्तीमा ४० प्रतिशत सदस्य भएमा दल विभाजन गर्न सक्ने थियो भने अब २० प्रतिशत बनाउने उनको योजना थियो । दल विभाजन गर्न सजिलो हुने गरी केन्द्रीय सदस्य वा संघीय संसदका सदस्यमध्ये २० प्रतिशत सदस्य भए पनि नयाँ दल गठन गर्न सक्ने गरी अध्यादेश तयार बनाइएको थियो ।
देउावले सहमति नदिँदा ओलीले जारी गर्न खोजेको दल विभाजन सम्बन्धी अध्यादेशको भविष्य फेरि अन्योलमा परेको छ । देउवाको पूर्ण सहमति प्राप्त हुन नसकेपछि सो अध्यादेश अन्योलमा परेको हो । अहिलेलाई सभापति देउवाले शेखरलाई देखाएर अध्यादेश जारी नगर्न भनेपछि मन्त्रिपरिषद बैठक स्थगित भयो, ति मन्त्रिीले भने । आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल हुनसक्ने बताइएको थियो । सरकारले दलहरू फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी अघि बढाएपनि शीर्ष नेताहरूले भने जानकारी दिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार