बदलिँदो चुनौती सामना गर्न प्रहरी महानिरीक्षकको निर्देशन
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार २१:२१:२३
५ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बदलिँदो परिवेशमा प्रहरीमाथि चुनौती, जिम्मेवारी, अवसर र दायित्व फराकिलो बन्दै गएकाले सोही अनुसार अघि बढ्न निर्देशन दिएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ‘पोष्ट ग्य्राजुएट डिप्लोमा ईन पोलिन साइन्स’, कार्यक्रममा समावेश प्रहरी निरीक्षक आधारभूत तालिम १८३औँ समूहको आज उनले उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै उनले सङ्गठित अपराधको वृद्धि एवम् प्रगतिशिल विज्ञान र प्रविधिले उब्जाएका नविनतम् चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय जगतमै पुलिसिङमा धेरै परिवर्तन भएको जानकारी गराए । सोही अनुरूप विगत र वर्तमान मात्र नभई भविष्यसमेतमा सक्षम र दक्ष ठहरिने गरी यस्ता प्रशिक्षण सञ्चालन आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल प्रहरी सङ्गठनको आधुनिकीकरण एवम् सुदृढिकरण सम्बोधन गर्न तथा सक्षम नेतृत्व तयार गर्न राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न उक्त कोर्स सहयोगसिद्ध हुने विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी राज्यको एक मात्र दुरदराजसम्म फैलिएको आम नागरिकको सेवामा चौबिसै घण्टा परिचालित असाहय, पीडित र अन्यायमा परेका नागरिकको आड भरोसाको केन्द्र रहेको चर्चा गरे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराज शर्माले नेपाल प्रहरी निस्वार्थरूपमा सेवा प्रदान गर्ने सङ्गठन भएकाले आफ्नो कमी कमजोरीलाई सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।
सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गरेका थिए । उक्त तालिममा खुला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका ६५ प्रहरी निरीक्षक र तीन नवनियुक्त प्रहरी निरीक्षक गरी ६८ जनाको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार