खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार २२:६:११
५ कात्तिक, बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ जरुवाटोल घर भई १० टिसिएनरोड बस्ने एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै डेरामा बसिरहेको अवस्थामा स्थानीय २२ वर्षीय रोनक खड्कालाई आइतबार मोटरसाइकलमा आएका तीन जनाले अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने उद्देश्यले टाउको, अनुहार, गर्धन तथा शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
खुकुरी प्रहार गरी फरार रहेकाको पहिचान एवं खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेको आरोपमा हेटौंडा उपमहानगरपालिका–११ निवासी २९ वर्षीय विशाल तामाङ, १८ वर्षीय सनिस घिमिरेलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्याम अर्यालले जानकारी दिए । पक्राउ परेकालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए । सो घटनामा संलग्न थप एक जनाको खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालिकालाई यौनधन्दामा लगाउने गोतामे पक्राउ
कात्तिक ५, २०८१ सोमबार
महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवरजस्ती करणी
कात्तिक ३, २०८१ शनिबार
अवैध लागूऔषधसहित दुई जना पक्राउ
कात्तिक १, २०८१ बिहिबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
विपक्षी दलहरूले बुझाए प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र
कात्तिक ५, २०८१ सोमबार
खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ
कात्तिक ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, ८ घाइते
कात्तिक ५, २०८१ सोमबार
बदलिँदो चुनौती सामना गर्न प्रहरी महानिरीक्षकको निर्देशन
कात्तिक ५, २०८१ सोमबार
भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक छ: पूर्वप्रधानमन्त्री भट्टराई
कात्तिक ५, २०८१ सोमबार
अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै
कात्तिक ५, २०८१ सोमबार