प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सीले भन्यो, न्यायिक प्रक्रियामा रहेका व्यक्तिसँग दान लिनु भ्रष्टाचार हो
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १०:४२:३०
६ कात्तिक, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले पार्टी कार्यालय बनाउन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतबाट दोषी ठहर भएका र मुद्दाका प्रतिवादी समेत रहेका व्यक्तिसँग दान लिनु भ्रष्टाचार भएको जनाएको छ । प्रधानमन्त्रीको यस्तो कार्यबाट भ्रष्टाचारको पक्षपोषण भएको ट्रान्सपरेन्सीको ठहर छ ।
यो विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनले गम्भीर चासो व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टी एमालेको कार्यालय भवनका लागि विवादित व्यवसायी मीनबहादुर गुरुङसँग १० रोपनी १४ आना जग्गा र त्यसमा बनाइदिने भवन दानका रूपमा लिएको विषय भ्रष्टाचार ठहरिने जनाएको छ । जग्गासहित भवन निर्माण हुँदासम्म एक अर्बभन्दा धेरै लाग्ने बताइएको छ ।
सरकारको नेतृत्व गर्ने व्यक्ति वा दलले सरकार वादी रहेको मुद्दाका प्रतिवादी व्यक्ति वा पक्षबाट सरकारका लागि होस् वा पार्टीको नाममा होस् कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार गर्ने प्रवृत्तिले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्न जाने ट्रान्सपरेन्सीको ठहर छ । सरकार सञ्चालनमा संलग्न रहेका व्यक्ति तथा राजनीतिक दललाई यस प्रकारका काम–कारबाहीबाट अलग रहन ट्रान्सपरेन्सीले अपिल गरेको छ ।
ट्रान्सपरेन्सीले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ । दान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दा न्यायिक प्रक्रियामा नै रहेको उसको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कानुनको पालना गरी– गराई सरकारी सम्पत्ति र हितको संवर्द्धन गर्न जनताबाट निर्वाचित भई सरकारको नेतृत्व गरिरहेको पार्टीले यस प्रकारको दान, दातव्य लिँदा वादी–प्रतिवादीमा हुनुपर्ने व्यवहारमा गम्भीर असर पर्न गई सरकार वादी रहेको मुद्दामा प्रतिकूल प्रभाव पर्न जाने देखिन्छ । प्रतिवादीसँगको यस्तो लेनदेनका कारण स्वार्थको द्वन्द्व हुन गई सुशासनमा गम्भीर असर पर्ने र भ्रष्टाचारको पक्षपोषण हुने ठम्याइ टिआई नेपालको रहेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार