सर्वोच्चमा चार सीट खाली, अदालत छिर्न शक्तिकेन्द्रतिर लागे उम्मेदवार
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १३:५:२८
६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश भएपछि प्रकाशमान सिंह राउत सोमबार पत्रकारबीच उपस्थित भए । न्यायपालिका पुनः संरचनाको काम सुरु भइसकेको र सर्वोच्चका चारसहित उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि सिफारिसको प्रक्रिया तत्कालै अगाडि बढाउने जानकारी दिए । निवर्तमान प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले विदा बसेका बेला दुई जना न्यायाधीश सिफारिस गरिसकेकाले अब चार जनाको मात्र सीट खाली छ, सर्वोच्चमा ।
स्वतन्त्र न्यायपालिका भनिए पनि सर्वोच्च अदालतमा यतिबेला दुई ठूला पार्टीको बोलवाला छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत डेमोक्रेटिक धारका हुन भने वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लेफ्ट कोटाबाट अदालत छिरेकी हुन् । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बढी विश्वास गर्छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया छन् । उनी नेपाली कांग्रेसका हुन् । न्यायाधीश बनाउनका लागि नाम सिफारिस गर्न यी तीन जनाको मुख्य हात रहन्छ । न्यायपरिषदमा अन्य दुई जना मनोनीत सदस्य रहने व्यवस्था छ । अहिले रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी न्यायपरिषद सदस्य छन् ।
न्यायपरिषदको अध्यक्ष प्रधानन्यायाधीश रहने व्यवस्था भएपनि न्यायाधीश सिफारिसमा विवाद आएर बहुमतबाट निर्णय गर्नुपर्ने अवस्था भएमा अहिलेका प्रधानन्यायाधीश राउतलाई समस्या पर्ने स्थिति छ । किनभने परिषदको बनावट हेर्दा राउत र मन्त्री चौरसिया एकातिर र वरिष्ठतम न्यायाधीश सपना प्रधान र अरु दुई श्रेष्ठ र भण्डारी एकातिर हुने अवस्था छ । प्रधानन्यायाधीश राउतले न्यायाधीश सिफारिसका लागि पहल सुरु भइसकेको भनेपछि अहिले सर्वोच्चको न्यायाधीश बन्न बालुवाटार र बुढानिलकण्ठ धाउनेको ताँती लाग्न थालेको छ ।
१० असोजमा सर्वोच्च अदालतले १५९ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ । यी सबै सर्वोच्चको न्यायाधीश बन्ने आकांक्षी हुन् । सबै न्यायाधीश बन्न आफ्नाआफ्ना शक्तिकेन्द्रतिर लागेका छन् । यसअघि ४ जना विभागबाट र २ जना कानुनव्यावसायीबाट नाम सिफारिस गरिने भनिएको थियो । जसमा उच्च अदालतबाट दुईजना सर्वोच्चको न्यायाधीशमा सिफारिस भएर उनीहरुको सुनुवाइ भइरहेको छ । अब हुने चार जनामा पनि प्रधानन्यायाधीशको जोड भने विभागतिरै हुनेछ । उच्च अदालतबाट अरु थप दुई जना सर्वोच्च आउने सम्भावना छ ।
हालै वरिष्ठको उपाधि पाएकाहरु यतिबेला बुढानिलकण्ठ र बालुवाटार पुग्ने हतारमा छन । सिधै सम्पर्क नभएकाहरूले विचौलिया प्रयोग गरेर भएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समक्ष पुग्ने कोसिस गरिरहेका छन् । यो बीचमा विचौलिया मार्फत ठूलै आर्थिक चलखेलको सम्भावना पनि देखिन्छ । किन कि यस्तो चलन विगतबाटै चलिआएको हो । अहिले सर्वोच्च अदालत छिर्न ओली र देउवा राजी नभएसम्म सम्भव छैन ।
न्यायपरिषदका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको सिफारिस छिट्टै गर्ने बताएपनि नेपाल बारले अर्को तगारो थापेको छ । असोज ११ गते उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई नियुक्तिको सिफारिस गरेपछि बार र बेन्चको सम्बन्ध बिग्रिएको छ । न्याय परिषदले संविधान, कानुनले तोकेको जिम्मेवारी पूरा गर्न नसकिरहेका बेला नेपाल बार एसोसिएसनले फेरी पनि न्यायाधीश नियुक्तिमा भाँजो हाल्ने सम्भावना छ ।
नेपाल बार यतिबेला दुई भागमा विभाजित छ । सर्वोच्च अदालत बार एसोसिएसनले छिटो भन्दा छिटो न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन माग गरिरहेको छ भने नेपाल बार केन्द्रले न्यायाधीश नियुक्ति नगर्न चेतावनी दिएको छ । ‘न्यायाधीश नियुक्ति प्रक्रिया संशोधित नियमावली खारेज नहुँदासम्म अगाडि नबढाउन नहुने उसको तर्क छ । राउतले तत्काल सिफारिस गर्ने निर्णय गरे उत्पन्न हुने परिणामको जिम्मेवारी स्वयं लिनुपर्ने भन्दै दवाव दिएको छ ।
न्यायाधीश कम भएकाले सर्वोच्चमा मुद्दाको चाङ छ । सोमबार प्रधानन्यायाधीश राउत सर्वोच्चमा २५ हजारभन्दा बढी मुद्दा छिन्न बाँकी रहेको जानकारी दिएका थिए । त्यसमध्ये पाँच वर्ष नाघेका दुई हजार आठ सय ६७ मुद्दा फैसला गर्न अझै बाँकी छन् । सर्वोच्चमा समयमा न्यायाधीश नियुक्ति नहुँदा मुद्दाको संख्या बढ्दै जान थालेका हुन् । न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जिम्मा पाएको न्यायपरिषद्ले अब समयमै बैठक राख्ने तयारी गरेको छ । न्यायाधीश नियुक्ति गर्दा कसैको पनि दबाब प्रभावमा नपर्ने दावी राउतले गरेपनि अब्बल, निष्ठावान्, क्षमतावान् र राम्रो छवि बनाएका व्यक्तिले मौका पाउने सम्भावना कम मात्र देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
कांग्रेस र एमालेको मिलनबिन्दु लामिछाने पक्राउ र अध्यादेश, आजै मन्त्रिपरिषद बैठक बस्दै
कात्तिक ५, २०८१ सोमबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
सर्वोच्चमा चार सीट खाली, अदालत छिर्न शक्तिकेन्द्रतिर लागे उम्मेदवार
कात्तिक ६, २०८१ मंगलबार
सुप्रिम सहकारीः रवि र छबिका नाममा ४ करोड ५० लाख, सडकमा पीडितको प्रदर्शन
कात्तिक ६, २०८१ मंगलबार
चर्पीतिर जाने माहुरीहरु !
कात्तिक ६, २०८१ मंगलबार
सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीको बेलिब्रिज संचालन [ फाेटाे फिचर ]
कात्तिक ६, २०८१ मंगलबार
एक वर्षमा १८ किलोमिटर सडक कालोपत्र
कात्तिक ६, २०८१ मंगलबार
म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक
कात्तिक ६, २०८१ मंगलबार
नेप्सेमा २५.८८ अंकको सुधारः १९९ कम्पनीको शेयर मूल्य बढ्यो, ४० को घट्यो
कात्तिक ६, २०८१ मंगलबार
बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
कात्तिक ६, २०८१ मंगलबार