कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १२:१२:४१
६ कार्तिक, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताए ।
अभियानका लागि अर्घाखाँची कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई छ स्थानीय तहका ६१ वटा वडामा खटाएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले जानकारी दिए ।
सयदिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाइने कांग्रेसका अर्का जिल्ला सचिव अच्युत गौतमले जानकारी दिए ।
भ्रातृ र शुभेच्छुक सङ्गठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले बताए । अभियान आउँदो पुस १६ गते बिपी जयन्तीका दिन समापन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी ठोक्नेतिर लाग्योः प्रचण्ड
कात्तिक ६, २०८१ मंगलबार
सभामुखले बोलाएको समितिका सभापति र सचेतकहरुसँगको बैठक शुरु
कात्तिक ६, २०८१ मंगलबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउन नसकेपछि मन्त्रिपरिषद् बैठक स्थगित, देउवाले देखाए शेखर
कात्तिक ५, २०८१ सोमबार
सर्वोच्चमा चार सीट खाली, अदालत छिर्न शक्तिकेन्द्रतिर लागे उम्मेदवार
कात्तिक ६, २०८१ मंगलबार
जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
कात्तिक ६, २०८१ मंगलबार
स्रोत नखुलेको भारतीय नगदसहित दुई जना पक्राउ
कात्तिक ६, २०८१ मंगलबार
विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा
कात्तिक ६, २०८१ मंगलबार
पुरुषमा एक्स्ट्रा वाई क्रोमोजोम भेटिएपछि अटिजमको जोखिम बढ्दै
कात्तिक ६, २०८१ मंगलबार
मेला हेर्न आएका युवायुवती चर्खेपिङमा रमाउँदै
कात्तिक ६, २०८१ मंगलबार