वित्तीय नीति विपरित काम गर्ने तीन विकास बैंक र चार फाइनान्समाथि राष्ट्र बैंकले गर्यो कारबाही
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १३:३६:१४
६ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ वटा विकास बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय नियम र निर्देशन विपरीत काम गर्ने तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई कारवाही गरेको हो । उनीहरुलाई नगद जरिवानासहित गल्ती नदोहोर्याउन सचेत पनि गराइएको राष्ट्र बैंकले जनाएको छ ।
कारबाहीमा पर्नेमा विकास बैंकहरू तर्फ सिन्धु विकास बैंक, सालपा विकास बैंक र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् । यस्तै फाइनान्सतर्फ प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स, गोर्खाज फाइनान्स र रिलायन्स फाइनान्स कारवाहीमा परेका छन् । राष्ट्र बैंकले संचालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ भने रिलायन्स फाइनान्सलाई जरिवाना तिराएको छ । अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना गरिएको छ ।
राष्ट्र बैंकका अनुसार सिन्धु विकास बैंक र सालप विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले यसका संचालक र सीईओलाई सचेत भएर काम गर्न चेतावनी दिइएको छ । मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेको भन्दै राष्ट्र बैंकले बैंकका संचालक समिति र सीईओलाई सचेत गराइएको छ । उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको हो ।
रिलायन्स फाइनान्सले भदौ २३ गते देखि असोज ५ सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम चालु आवमा पहिलो पटक कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी एकीकृत निर्देशनमा भएको व्यवस्था बमोजिम संस्थालाई ११ हजार २२७ रुपैयाँ नगद जरिवाना गराइएको हो ।
यस्तै राष्ट्र बैंकले प्रोग्रेसिभ र जानकी फाइनान्सलाई समयमा नै वित्तीय विवरण नबुझाएको भन्दै कारबाही गरेको छ । जानकी फाइनान्सलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा यस बैंकद्धारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण यस बैंक समक्ष ढिलो पेश गरेको छ ।
त्यसका कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा बैंकको नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको जनाएको छ ।
यस्तै गोर्खाज फाइनान्सले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा संस्थाका सञ्चालक तथा कर्मचारीहरू वित्तीय स्वार्थ रहेको ग्राहकसँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुनु हुँदैन भन्ने व्यवस्था रहेकोमा सो व्यवस्था विपरीत हुने गरी संस्थाको कर्मचारी तथा संस्थाको तत्कालीन अध्यक्ष–सञ्चालक संस्थाको ग्राहकसँग संस्थामा नै खोलिएका खाताहरू मार्फत आर्थिक कारोबारमा पटक पटक संलग्न भएको पाइएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो
मंसिर ६, २०८१ बिहिबार
बैंकमा ऋण दिन मिल्ने रकम धेरै भयो, बजारबाट ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार