क्रिप्टो कारोबारीसँग ५० लाख असुली आरोपमा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १४:३५:२६
६ कात्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । । कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलीको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर भएको हो ।
ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो । प्रहरीका अनुसार, तामाङ फरार रहेका छन् भने खड्का र चपाईलाई पक्राउ गरिएको छ। तीन जनाले क्रिप्टो कारोबारी आशिष आचार्यलाई पक्राउ गरी दुई दिनसम्म हिरासतमा राखी ५० लाख रुपैयाँ असुलेर छाडिएको खुल्न आएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उनीहरूविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको छ । थुनछेक बहसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ ।
५० लाख असुल गर्ने व्यक्ति तेजबहादुर तामाङलाई प्रहरीले मुख्य अभियुक्त बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। तामाङले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीको प्रयोग गरी परिवारसँग ५० लाख रुपैयाँ असुल गरेको खुलेको थियो। तामाङ र प्रहरी हवल्दार खड्काबीचको मिलेमतोमा घटना भएको आशंकामा प्रहरी परिसरले सुरूमा आन्तरिक छानिबन थालेको थियो।
पछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसपी प्रजित केसी नेतृत्वमा छानबिन समिति बनाएको थियो। उक्त समितिले पनि दुई जना प्रहरी र तामाङबीचको संलग्नतामा ठगी घटना भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । तर उक्त समितिले प्रहरीले रकम लिएको आधार भने भेटाएको थिएन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार