ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १४:५०:४८
६ कात्तिक, नेपालगञ्ज । यहाँको जानकी र खजुरा गाउँपालिकाका ग्रामीण सडक कालोपत्रे भएका छन् । कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्तीमा यातायात सञ्चालन गर्न सहज भएको छ । जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिकलगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र गरिएका छन् ।
ग्रामीण बस्ती कालोपत्र भएपछि नेपालगञ्ज बजारसँग प्रत्यक्ष जोडिँदा स्थानीय सडक सुविधाबाट लाभान्वित भएको जानकी गाउँपालिका–२ का वडासदस्य अमरबहादुर थापाले बताए ।
“सडक कालोपत्र नहुँदा धेरै दुःख थियो अहिले सबैलाई आवतजावत गर्न सजिलो भएको छ”, उनले भने । थापाले सडकका कारण स्थानीय बजारको समेत प्रवर्द्धन भएको बताए । बेलभारदेखि शिवपुरीसम्म तीन किलोमिटर दुरी छ भने शिवपुरीदेखि नेपालगन्ज पुग्न करिब १० किलोमिटर छ ।
जानकी गाउँपालिकाका सब इन्जिनियर विवेक श्रेष्ठले सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा सडक कालोपत्र भएको जानकारी दिँदै वर्षामा यात्रुले भोग्ने सास्तीको अन्त्य भएको बताए ।
खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले गाउँपालिका–१, २ र ३ का ग्रामीण भेगमा ५७ किलोमिटर सडक निर्माण भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार