सुप्रिम सहकारीः रवि र छबिका नाममा ४ करोड ५० लाख, सडकमा पीडितको प्रदर्शन
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १५:४९:६
६ कात्तिक, बुटवल । सहकारी पीडितहरूले रूपन्देही जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् । सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु हुनु अगाडिदेखि पीडितहरू सडकमा आएका थिए ।
रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहबरमा बयान सुरु गरेको छ । सरकारी वकिल कार्यालयमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको बयान चल्दै गर्दा सहकारी पीडितहरू नाराबाजी गरिरहेका थिए ।
पीडितहरूले बचत फिर्ता र रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै सरकारी वकिल कार्यालय नजिकै प्रदर्शन गरेका हुन् । पीडितहरूले सरकारी वकिल कार्यालयअघि प्रदर्शनको तयारी गरेका थिए । तर, प्रहरीले त्यहाँ प्रदर्शनमा रोक लगाएपछि झण्डै ५० मिटरको दूरीमा रहेको जिल्ला अदालतअघि प्रदर्शन गरिएको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बताए ।
सुप्रिम सहकारीबाट लामिछानेका नाममा २ करोड र जोशीका नाममा २ करोड ५० लाखसहित १४ करोड २९ लाख रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा गएको छानबिनमा देखिएको छ । प्रहरीले यसअघि गरेको छानबिनमा जोशी, जीवी राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तीमध्ये गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन् । पूर्वअध्यक्ष जीवी राईसहित अन्य व्यक्ति फरार छन् ।
उनीहरू विरुद्ध सहकारी पीडितले राजनीतिक संरक्षणमा भगाइएको आरोप पनि लगाएका छन् । अदालत अगाडि प्ले कार्ड र कालो ब्यानरमा नारासहित विरोध प्रदर्शनमा उत्रिएर सरकारी कार्यालयतर्फ जान खोज्नेलाई प्रहरीले रोकेको छ । वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाले प्रहरीले अनुसन्धान सुरु गरिरहेको भन्दै विरोध प्रदर्शन नगर्न आग्रह गरेका थिए । त्यसपछि पीडितले अदालतअघि नै प्रदर्शन गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानमा रहेका जोशीलाई सोमबार जहाजमार्फत बुटवल ल्याइएको थियो । उनलाई मंगलबार र बुधबार बयान गरेर बिहीबार पोखरा नै फिर्ता गर्ने तयारी छ । संसदीय छानबिन विशेष समितिको सिफारिसमा असोज ६ गते जोशी पक्राउ परेका थिए । सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगी अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार