नेप्सेमा २५.८८ अंकको सुधारः १९९ कम्पनीको शेयर मूल्य बढ्यो, ४० को घट्यो
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १५:५५:३५
६ कात्तिक, काठमाडौं । शेयरबजार मापक नेप्से परिसूचक २५.८८ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ०.९८ प्रतिशतले वृद्धि भएर २,६६५.८१ विन्दुमा बन्द भएको हो । अघिल्ला दुई दिन लगातार घटेको बजार मंगलबार २५.८८ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ ।
बजारको अंक बढ्दा कारोबार रकम भने घटेको छ । आज चार अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ९० करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको थियो । आज १९९ कम्पनीको शेयर मूल्य बढेको छ । बाँकी ४० कम्पनीको शेयर मूल्य घटेको छ । पाँच कम्पनीको शेयर मूल्य स्थिर छ । शेयर मूल्य स्थिर हुनेमा बलेफी हाइड्रोपावर, सिटिजन्स बैंक इन्टरनेसनल, इङवा हाइड्रोपावर र माछापुच्छ्रे बैंक छन् ।
फाइनान्स सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूह ०.९० प्रतिशत बढे ।
रावा इनर्जीको मूल्य ८.८६ प्रतिशत बढ्यो । मनकामना इन्जिनियरिङको ७.८२, थ्रीस्टार हाइड्रोपावरको ६.३६, माहुली लघुवित्तको ६.१० तथा मैलुङखोला जलविद्युतको ६.०९ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य ४.७५ तथा सिकलेस हाइड्रोपावरको २.५० प्रतिशत घट्यो ।
यस दिन रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य ८.८६ प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.७५ प्रतिशतले घटेको छ । गुडविल फाइनान्सको सर्वाधिक मूल्यको शेयर खरिद–बिक्री भएको छ । यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, बढी सेयर खरिद–बिक्री हुनेमा कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से १६.५८ अंकले बढ्यो
पुष २८, २०८१ आइतबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
४० प्लस उमेरमा कसरी जवान देखिने ? अपनाउनुहोस् यी उपाय
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
युक्रेन युद्धमा ३ सय उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी
माघ १, २०८१ मंगलबार
कस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले दिए मकर सङ्क्रान्तिको शुभकामना
माघ १, २०८१ मंगलबार