एक वर्षमा १८ किलोमिटर सडक कालोपत्र
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १६:९:१२
६ कार्तिक, बागमती । सडक डिभिजन कार्यालय हेटौंडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा छ वटा पुल निर्माण भएका छन् ।
मकवानपुर, बारा र पर्सामा रणनीतिक सडकमध्ये १६ किलोमिटर सडक कालोपत्र गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर रमेश पाण्डेले जानकारी दिए । उनकाअनुसार सो आवमा बारामा ११, पर्सामा छ र मकवानपुरमा एक किमि सडक कालोपत्र भएका छन् ।
निर्माणाधीन १२ वटा पुलमध्ये छ वटा निर्माण सम्पन्न भएका छन् । बाँकी छ वटा पुल चालु आवमा सम्पन्न हुने गरी निर्माण भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
डिभिजन कार्यालयका सूचना अधिकारी पाण्डेका अनुसार निर्माणाधीन पुलमध्ये पर्सामा तीन, बारामा दुई र मकवानपुरमा एक छन् । चालु आवमा सञ्चालित ४८ सडक पूर्वाधारका योजनामध्ये तीन महिनामा २४ वटाको योजना सम्झौता भइसकेको र १६ वटा सम्झौता प्रक्रियामा रहेको उनले जानकारी दिए ।
सडक पूर्वाधारका योजना सञ्चालन गरिएपनि बजेट अभावका कारण समस्या भइरहेको कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए । ‘‘योजना आइसकेको छ, तर बजेट आइपुगेको छैन”, प्रमुख अधिकारीले भने, ‘‘जसका कारण अधिकांश योजना रोकिएका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण भेगका बस्तीमा सडक कालोपत्र
कात्तिक ६, २०८१ मंगलबार
कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
कात्तिक ६, २०८१ मंगलबार
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
कात्तिक ५, २०८१ सोमबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
सुप्रिम सहकारीः रवि र छबिका नाममा ४ करोड ५० लाख, सडकमा पीडितको प्रदर्शन
कात्तिक ६, २०८१ मंगलबार
सर्वोच्चमा चार सीट खाली, अदालत छिर्न शक्तिकेन्द्रतिर लागे उम्मेदवार
कात्तिक ६, २०८१ मंगलबार
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम भएको हल्ला, सेनाले थाल्यो सर्च
कात्तिक ६, २०८१ मंगलबार
सन्दीप जोराको कप्तानीमा हङकङ सिक्सेस खेल्ने टिमको घोषणा
कात्तिक ६, २०८१ मंगलबार
प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छः मन्त्री पाण्डे
कात्तिक ६, २०८१ मंगलबार
खनियाखर्क बजारमा बेच्न राखिएका स्थानीय उत्पादन
कात्तिक ६, २०८१ मंगलबार
लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु
कात्तिक ६, २०८१ मंगलबार
दशैंपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
कात्तिक ६, २०८१ मंगलबार