लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १७:०:१३
६ कार्तिक, लेबनान । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको संख्या १३ पुगेको जनाएको छ ।
लेबनानको सबैभन्दा ठूलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएअनुसार द्वन्द्वको समयमा जनाहबाट केही मिनेट टाढा रहेको ओजाईमा पहिलोपटक आक्रमण भएको हो । तथापि घना जनसङ्ख्या रहेको रफीक हरिरी अस्पताल वरपरको क्षेत्रका लागि कुनै चेतावनी जारी गरिएको थिएन ।
लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायल र हिजबुल्लाहबिच जारी लगभग एक महिनाको युद्धले लेबनानमा कम्तीमा १ हजार ४८९ जनाको ज्यान लिएको छ दश लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
जतगढीमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
भक्तपुर महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो
पुष १, २०८१ सोमबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार