मोदी र पुटिनबीच द्विपक्षीय वार्ता
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १८:५१:१०
६ कात्तिक, काठमाडौं । ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गरेका छन् । मिडिया रिपोर्टका अनुसार यस भेटवार्तामा मोदीले पुटिनसँग रुस–युक्रेन युद्धको बारेमा कुरा गरेका छन् । वार्तामा मोदीले रुस र युक्रेनबीचको द्वन्द्वको विषयमा निरन्तर सम्पर्कमा रहेको बताउँदै समस्याको शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्छ भन्ने भारतको विश्वास रहेको बताएका थिए ।
उनले भने- 'हामी जतिसक्दो चाँडो शान्ति र स्थायित्वको पुनर्स्थापनालाई पूर्ण रूपमा समर्थन गर्छौं । भारत आगामी समयमा सबै सम्भव सहयोग गर्न तयार छ ।' मोदीको जवाफमा पुटिनले भने, 'मलाई जुलाईमा भएको भेट (प्रधानमन्त्री मोदीसँग) याद छ । हामीले धेरै राम्रो छलफल गरेका थियौं । हामीले धेरै पटक टेलिफोनमा पनि कुरा गरेका थियौं । काजान भ्रमणको निमन्त्रणा स्वीकार गर्नुभएकोमा म तपाईंप्रति आभारी छु । हामी ब्रिक्स शिखर सम्मेलनको उद्घाटनमा भाग लिनेछौं । त्यसपछि, हामी डिनरमा अन्य नेताहरूसँग पनि कुरा गर्नेछौं ।'
ब्रिक्स सम्मेलन रुसको काजानमा हुँदै छ । ब्रिक्स रसियासहित ब्राजिल, भारत, चीन र दक्षिण अफ्रीका, इरान, इजिप्टम, युएई र इथोपिया सम्मिलित देशहरुको संस्था हो । शुरुमा एक अर्का देशमा लगानीका सम्भावना खोज्न २००१ मा गठन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
भक्तपुर महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो
पुष १, २०८१ सोमबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार
ढोलठानमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार