छविलाल जोशीकाे बयानमा ५७ सवाल जवाफ
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार ८:६:६
७ कात्तिक, भैरहवा । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ । रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा पूर्व प्रहरी नायब महानिरीक्षक जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहबरमा बयान लिएको हो ।
सोमबार रुपन्देही ल्याई प्रारम्भिक सोधपुछ भएको थियो भने मंगलबार बिहान ११ बजे देखि साढे ६ बजेसम्म बयान लिएको हो । सहकारी ठगी मुद्दामा ५७ वटा सवाल जवाफ गरि सरकारी कार्यालयबाट फिर्ता लगिएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
'मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउँछ, त्यो अनुसन्धान पुरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्दाको बीचमा थप बयान लिनुपर्ने देखिएकोमा थप बयान लिनसक्ने व्यवस्था पनि छ । त्यो कानुन टेकेर अवस्था हेरेर बयान लिन पनि सकिने उनले भने ।
सोमबार नै बयान नसकिएकोले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको थियो, आज पनि रूपन्देही नै राखिने छ, बुधबार विमानमार्फत पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ । ‘मंगलबार अहिलेको प्रयोजनको लागि रुपन्देहीको बयान सकिएको छ । थुनुवा फिर्ता भयो । प्रहरीले कहाँ कहाँ अनुसन्धान गरिरहेको छ त्यही पठाउँछ ।’ जिल्ला न्यायाधिवक्ता पौडेलले भने ।
‘जिल्लामा भएको जाहेरीको आधारमा र संसदीय समितिको प्रतिवेदनको आधारमा उनलाई रुपन्देही ल्याइएको हो । को को लाई ल्याउनु पर्छ भन्ने बारेमा प्रहरीको अनुसन्धानबाट थाहा हुन्छ ।’ जिल्ला न्यायाधिवक्ता पौडेलले भने ।
सामान्य अवस्थामा सहज रुपमा सवाल जवाफ भएको छ । हामीले बयान भन्दा अगावै सवाल जवाफ गर्न सक्ने अवस्थामा छ कि छैनन् भनेर सोधेपछि मात्रै दिन सक्ने भने पछि बयान लिइएको थियो । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइएको हो । अनुसन्धान र गोपनीयताको विषय भएकोले जीबी राई, रवि लामिछानेको विषयबारे कार्यालयले भने केही सार्वजनिक गरेको छैन ।
सहकारी पीडितले गरे प्रदर्शन
सहकारी ठगी आरोपमा पक्राउ परेका छविलाल जोशीलाई बयानको लागि रूपन्देही ल्याउँदा सहकारी पीडितहरुले केही बेर प्रदर्शन गरे । जोशीलाई सरकारी वकिल कार्यालय, रुपन्देहीमा ल्याएको थाहा पाएपछि पीडितहरुले शिघ्र कार्यवाहीको माग राख्दै रुपन्देही जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन ।
अनुसन्धान प्रकृया चलेको २ वर्ष बढी समय भए पनि अहिले सम्म आफुहरुले गुमाएको रकम पाउन नसकेको भन्दै पीडितहरु आक्रोशित भएका थिए । मुख्य अभियुक्त भनिएका जीबी राई, सुप्रिम सहकारीका तत्कालीन व्यवस्थापक लगायतलाई पक्राउ गर्न नसेकोकोले उनीहरुलाइ पनि पक्राउ गरि कार्यवाहीको माग गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार