कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार १२:३४:५
१६ कात्तिक, धनगढी । कैलाली जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका लागि घुमुवा प्रहरीको जम्बो टोली नै खटाएको भएपनि झन बढी तस्करी हुन थालेको छ । एक सय पाँच किलोमिटर नेपाल भारत सीमा क्षेत्रका १९ स्थानमा सशस्त्र प्रहरी युनिट तथा नेपाल प्रहरीका सीमा प्रहरी चौकीमा सयौं प्रहरी कार्यरत रहेको भए पनि केही युनिटहरूको सहयोगमा खुलमखुला तस्करी हुन थालेको स्रोतले जनाएको छ ।
केही युनिटहरूले तस्करीका एकाध सामानहरू बरामद गरेको भएपनि लेनदेनमा कुरा नमिले मात्र सामान समात्ने गरेको स्रोतले जनाएको छ । ‘एसपीसँग वा युनिट प्रमुखसँग कुरा नमिल्दा मात्रै सामान बरामद हुन्छ, अन्य बेला खुलमखुला तस्करी हुने गरेको छ’, कैलालीस्थित ३४ नम्बर गणका एक जुनियर अधिकृतले भने । जिल्लाको फूलबारी, भजनी र खक्रौला, कैलारी गाउँपालिका ७ भुइँयाफाँटा, धनगढी उपमहानगरपालिका ९ बंगराकटान, १० जुगेडा, कैलारी गाउँपालिका ३ खोनपुर, भजनी नगरपालिका ७ हिक्मतपुर र टीकापुर नगरपालिका ८ श्रीलंकाटापुका बीओपी तथा सीमा एवं इप्रकाबाट तस्करी हुने गरेको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका कैलाली प्रमुख एसपी दलबहादुर पाण्डेकै निगरानीबाट ती क्षेत्रमा तस्करी हुने गरेको स्रोतको दाबी छ । सशस्त्र प्रहरीले भन्सार क्षेत्र मात्र होइन, सीमा क्षेत्रबाट तस्करी न्यूनीकरण गर्न आफ्ना मातहतलाई निर्देशन दिइरहेका बेला पाण्डेले भने आईजीपीको भनाइलाई उल्टो सावित गरेर तस्करीका लागि सीमा नाकाहरू खुला गरेको स्रोतको दाबी छ । ‘आईजीपीले भनेको मान्ने हो तर दिउँसो, राती त आईजीपी सुत्ने गर्छन् नि’, एसपी पाण्डेको भनाई उद्धृत गर्दै ती जुनियर अधिकृतले भने ।
कैलाली भन्सार नाकामा रहेको बोर्डर आउट फोर्स (बीओपी)लाई केही वर्ष अघि गुल्म बनाइएको थियो । नेपाल सरकार गृह मन्त्रालयको २०७५ जेष्ठ २७ गतेको निर्णय अनुसार सशस्त्र प्रहरीको संरचनामा फेरबदल गरिएको थियो । प्रहरी निरीक्षकको कमाण्डमा रहने गरी ५५ जनाको दरबन्दी रहेको बीओपीलाई १६० जनासहित प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमाण्डमा रहने गरी गुल्म बनाइएको थियो ।
कैलालीस्थित ३४ नम्बर गणको तत्कालीन सीमा सुरक्षा कार्यालयमा विष्णुप्रसाद भट्ट पनि बसेर काठमाडौं आएका हुन् । त्यसैगरी कमल तिउसिना र दीपेन्द्र कुँवरले पनि कमाण्ड गरेर काठमाडौं आएका थिए । अहिले त्यो ठाउँमा पाण्डेले कमाण्ड गरिरहेका छन् । पाण्डेले कमाण्ड सम्हालेको केही दिनमा धनगढीबाट ८ लाख बढी मूल्यको कपडा बरामद गरेको थियो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी क्षेत्रबाट ८ लाख ७४ हजार मूल्यको अवैध कपडा बरामद गरेपछि अहिलेसम्म शून्य जस्तै रहेको छ । ‘एकपटक सामान पक्राउ गरेपछि अहिले लाइन मिलाउन सहज भएको छ’, स्रोतले भन्यो ‘पहिला सामान बरामद गरेका व्यक्तिहरूबाट नै अहिले खुलमखुला तस्करी भइरहेको छ ।’
ती अधिकृतका अनुसार सात महिना अघि सामान बरामद भएपनि व्यापारी भने पक्राउ परेका थिएनन् । भारतसँगको खुला सीमानाका कारण भारतबाट सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स तथा हार्डवेयरका सामान, कपडा, सवारी साधनका पार्टपुर्जा, चिनीलगायत उपभोग्य सामानको बढी तस्करी हुने गरेको छ । नेपालबाट भारतमा केराउ तस्करी हुन्छ । ‘मदिरापनि तस्करी हुने गरेको छ, केराउभित्र मदिरा पनि लैजाने गरिएको छ’, स्रोतले भन्यो । नेपालबहसले राखेको जिज्ञासामा एसपी पाण्डेले तस्करी बढेको समाचार झुटो भएको दावी गरे । उनले आफू आएदेखि तस्करी नियन्त्रणमा उल्लेखनिय काम गरेको तथ्यहरुले नै पुष्टि गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजङ्गली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
कात्तिक १६, २०८१ शुक्रबार
सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक नेसनल युनिभर्सिटीबीच पाँचबुँदे समझदारीपत्र
कात्तिक ११, २०८१ आइतबार
शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु
असोज २९, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
गैरकानूनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृहको निर्देशन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
कात्तिक १६, २०८१ शुक्रबार
लाइयुआनको गौरवमा हेबेई प्रान्तको विकास फड्को
कात्तिक १६, २०८१ शुक्रबार
नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा
कात्तिक १६, २०८१ शुक्रबार
हिमालसँग रमाउन पुगेको पर्यटक
कात्तिक १६, २०८१ शुक्रबार
माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार