पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार १२:१७:३९
७ कार्तिक, पर्वत । ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा रु ९९ लाख १९ हजार नौ सय ५३ को लागतमा भवन निर्माण भएको मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले बताइन् । उक्त भवनवाट सेवा सुरु भएपछि आठवटै वडाका साथै कास्कीको अन्नपूर्ण गाउँपालिकाका गर्भवती सुरक्षित प्रसूति सेवाका लागि सदरमुकाम कुश्मा र पोखराका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । प्रसूतिगृहमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकसहित जनशक्ति व्यवस्थापन गरिने जानकारी उनले दिइन् ।
गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि दिँदै आएको छ । पर्वतमा यो बाहेक ३८ वटा बर्थिङ सेण्टर सञ्चालनमा छन् । गत आर्थिक वर्षमा यी सेण्टरबाट पाँच सय ५१ जनाले सुरक्षित प्रसूति सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका ९२ वटा स्वास्थ्य संस्थामध्ये २७ वटा भाडाका भवनमा छन् । आफ्नै भवन भएका ६५ वटा स्वास्थ्य संस्था पनि पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति, खानेपानी नभएकोस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माको गुनासो छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
पुष १८, २०८१ बिहिबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
पर्सामा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार