हल्लाको पछि नलाग्नु, सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको तयारी गरेको छैनः प्रधानमन्त्री
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार १३:१४:५६
७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दललाई विभाजन गर्ने मनसाय राखेर सरकारले कुनै पनि अध्यादेशको तयारी नगरेको बताएका छन् । दल विभाजन गर्न अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरूले ध्यानाकर्षण गराइरहेका बेला प्रधानमन्त्रीले हल्ला असत्य भएको बताएका हुन् ।
दलहरू विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याउने बारे कुनै तयारी नभएको सत्तासाझेदार दलहरुलाई प्रधानमन्त्रीले जानकारी गराएका हुन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा यसबारे कुरा उठेपछि प्रधानमन्त्रीले प्रष्टीकरण दिएका हुन् । प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूले समेत ज्ञापनपत्र बुझाउँदा अध्यादेशको कुरा उठाएको भन्दै त्यसबारे अहिले कुनै छलफल नभएको जानकारी गराएका थिए ।
सरकारले आवश्यक परे ल्याउन सक्छ तर त्यस्तो कुरा अहिले हामीले गरेका पनि छैनौं,’ ओलीले बैठकमा भनेका थिए । कानुनको शून्यता अहिले रहे पनि त्यसको तयारी नभएको भनेर आफूले विपक्षी दलका नेताहरूलाई समेत भनेको ओलीको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार