पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार १३:२६:५०
७ कार्तिक, कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो ।
गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । “अन्य वर्षको भन्दा यस पटक ढिलो गरी हामीले जङ्गल सफारी खुला गरेका छौँ”, उनले भने, “निकुञ्जभित्र पर्यटक पथमा रहेका सबै पुल र बाटोमा बाढीले क्षति गरेको र मर्मतका लागि समय लागेका कारण ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरेकाे हो ।” उनले बाढीले सडक र काठेपुलहरु बाढी क्षति गरेको बताए । “अहिले पनि सहायक बाटाहरुमा ग्राभेललगायत काम गर्न बाँकी छ”, संरक्षण अधिकृत ऐरले भने, “निकुञ्ज कार्यालयले पर्यटन प्रवर्द्धनका लागि काम गरिरहेको छ ।” तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ । निकुञ्जको विशाल घाँसेमैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ । त्यसैगरी, निकुञ्ज पाटेबाघका लागि पनि प्रख्यात छ । निकुञ्जले गरेको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ ।
त्यसैगरी, गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि निकुञ्ज प्रसिद्ध छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०–९० वटा नीलगाई र चार सय ४९ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजातिहरू रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेल आदि रहेका छन् । निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा तीन हजार ६७ पर्यटकले अवलोकन गरेका छन । यसमा विदेशीको सङ्ख्या दुई सय ५० मात्रै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
कात्तिक ७, २०८१ बुधबार
दशैंपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
कात्तिक ६, २०८१ मंगलबार
असोजमा साढे ३० हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे
कात्तिक ३, २०८१ शनिबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कात्तिक ७, २०८१ बुधबार
न्यायाधीश तिलप्रसाद श्रेष्ठको आदेशपछि जग्गा दानबारे एमालेविरुद्ध सर्वोच्चमा दर्ता भयो रिट
कात्तिक ७, २०८१ बुधबार
विपी राजमार्ग पूर्णरूपमा यातायात सञ्चालन अनुमति
कात्तिक ७, २०८१ बुधबार
नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने
कात्तिक ७, २०८१ बुधबार
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने टिमको घोषणा
कात्तिक ७, २०८१ बुधबार
भारतविरुद्ध पहिलो हाफमा बंगलादेश ३-१ ले अगाडी
कात्तिक ७, २०८१ बुधबार
संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने, वार्षिक एक अर्ब जोगिने
कात्तिक ७, २०८१ बुधबार
राष्ट्रपतिसँग विपक्षीको गुनासो, दल मिल्नुपर्ने बेलामा विभाजन गर्नतिर लागे प्रधानमन्त्री
कात्तिक ७, २०८१ बुधबार