न्यायाधीश तिलप्रसाद श्रेष्ठको आदेशपछि जग्गा दानबारे एमालेविरुद्ध सर्वोच्चमा दर्ता भयो रिट
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार १४:१२:४३
७ कात्तिक, काठमाडौं । भ्रष्टाचारी अभियोगबाट सफाइ नपाएका व्यक्तिबाट लिएको दान पनि भ्रष्टाचार नै हुने भन्दै नेकपा एमाले र त्यसका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यो रिटमा भोलीबाट सुनुवाइ हुनेछ । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन गरेको भनिएको जग्गादानविरुद्ध सर्वोच्च अदालत रिट परेको हो ।
यसअघि सर्वोच्च अदालतमा यो रिट दर्ता गर्न नमिल्ने भन्दै रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए । सो दरपीठलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बदर गरिदिएको छ । न्यायाधीश श्रेष्ठको इजलासबाट उक्त रिट सार्वजनिक सरोकारको भएकाले दर्ता गर्न आदेश भएपछि भोलिका लागि पेशीमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ । उक्त दान खारेज गर्न माग राखी ज्ञानकुमार बस्नेतले सर्वोच्च अदालत रिट निवेदन दिएका हुन् । सो रिट दर्ता भएको छ ।
गुरुङले गत असोज २५ गते काठमाडौँको कीर्तिपुर–२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । त्यही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए । यसपछि यो विवाद राजनीतिक तहसम्म पुगेको छ । सबै राजनीतिक दलले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार