भ्रष्टाचार कानुन अनुसार नियन्त्रण हुन्छ, सहकारी ठगविरुद्धको कारबाही रोकिँदैनः प्रधानमन्त्री
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार १५:५६:२६
७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली बसाल्नु प्राथमिकता रहेको बताएका छन् । सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजीको विषय नभएको बताए ।
ओलीले सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताएका छन् । बुधबार सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ६०० सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए । सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही हुने र अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको दावी गरे । ६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा रहेको उनले जानकारी दिए ।
उनले सहकारी ठगलाई कारबाहीमात्रले सरकारको दायित्व पूरा नहुने भएकाले बचतकर्ताको रकम पनि फिर्ता गराउने आश्वासन दिए । सहकारी ठगलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको रकमसमेत फिर्ता गरिने छ, ओलीले भने । ओलीले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरे ।
हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ । अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नु पर्छ । कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन् ।’ प्रधानमन्त्री ओलीले भने, ’त्यसरी सुनाइएका कुराहरुलाई मैले खण्डन गर्ने गरेको छु– कर्मचारीले नै काम गर्ने हो ।
ब्युरोक्रेसीको नेतृत्व गरेका मुख्य सचिव र सचिवहरु यहीँ हुनुहुन्छ । उहाँहरु पनि मेरो भनाइसँग पक्कै सहमत हुनुहुन्छ– राजनीतिक नेतृत्वले नीति र प्राथमिकता अघि सार्छ, कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्छ ।’ उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषयवस्तु नभएको भन्दै सुशासनको प्रणालीको रुपमा गति लिने काम भइरहेको बताए ।
उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभएर कानुनलाई गुरु बनाएको बताए । भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । भ्रष्टाचारी समातियो भन्ने केही समय हल्ला मच्चिने तर परिणाममा बढ्दै जाने अवस्था होइन, उनले भने ।
ओलीले सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएले भ्रष्टहरुको मोर्चा बनेको पनि बताए । भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्व सक्रिय रहेको हामीले देखिरहेका छौँ, ओलीले भने, सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएले भ्रष्टहरुको मोर्चा बन्नु बेग्लै कुरा हो । राष्ट्रियता, सुशासन र विकासको काममा सरकारले कुनै सम्झौता नगर्ने ओलीको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार