भारतमाथि बंगलादेशको शानदार जित, दुवै साफको सेमिफाइनलमा
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार २०:११:५३
७ कात्तिक, काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो । बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो ।
बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन् । यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ र समूह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । योसँगै समूह ए मा रहेको पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ । त्यस्तै समूह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने विहिबार लाग्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनल प्रवेश
कात्तिक ७, २०८१ बुधबार
जिम्बाबेले तोड्यो नेपालको कीर्तिमान, टी-२० मा बनायो सर्वाधिक रन
कात्तिक ७, २०८१ बुधबार
नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने
कात्तिक ७, २०८१ बुधबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कात्तिक ७, २०८१ बुधबार
सवारी चालकमाथि ट्राफिक प्रहरीले गैरकानूनी काम गरी दुःख दिएको भन्दै सर्वोच्चमा रिट दायर
कात्तिक ७, २०८१ बुधबार
रुसमा मोदी र जिनपिङबीच भेटवार्ता
कात्तिक ७, २०८१ बुधबार
टर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु
कात्तिक ७, २०८१ बुधबार
कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित
कात्तिक ७, २०८१ बुधबार
वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान
कात्तिक ७, २०८१ बुधबार
बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनल प्रवेश
कात्तिक ७, २०८१ बुधबार
झापामा बसको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु
कात्तिक ७, २०८१ बुधबार