जिम्बाबेले तोड्यो नेपालको कीर्तिमान, टी-२० मा बनायो सर्वाधिक रन
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार २०:२१:११
७ कात्तिक, काठमाडौं । जिम्बाबेले टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ । बुधबार टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलमा गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै यस अघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो ।
नेपालले २०२३ को सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएको थियो । जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाउने क्रममा सिकन्दर राजाले अविजित १३३ रन बनाएका थिए । उनले ३३ बलमा शतक समेत बनाएका थिए भने ४३ बलमा १३३ रन बनाएका थिए ।
त्यस्तै ब्रायन बेन्नेटले ५०, ताडीवानासी मारुमानीले १९ बलमा ६२, क्लिभ माडानडेले १७ बलमा अविजित ५३, रयान बर्लले ११ बलमा २५ रन बनाएका थिए । जिम्बाबेले यो खेल २९० रनले जितेको थियो । ३४५ रनको लक्ष्य पछाएको गाम्बिया १४.४ ओभरमा केवल ५४ रन बनाएर अल आउट भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार