प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार २३:१६:८
७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूलाई भैरहवा लैजाने भएपछि बठ्याई शुरु गरेका छन् । प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नुको साटो बयान नसकी नउठ्ने बनेर सरकारी कर्मचारीलाई अप्ठ्यारोमा पार्ने गरी बठ्याई शुरु गरेका हुन् । त्यही बठ्याईका कारण बुधबारको बयान लम्बिएको थियो । साढे दुई बजेबाट सुरु भएको बयानमा अनावश्यक लम्ब्याइएको भन्दै रवि असन्तुष्ट बनेका थिए ।
सरकारी वकिलको कार्यालयमा दिउँसो साढे दुई बजेबाट सुरु भएको बयान बेलुकी सात बजेसम्म सकिएको छैन । बयान अधुरो राखेर भोलि म्याद थपका लागि बहाना बनाउन खोजिएको भन्दै रविले विरोध जनाइरहेका छन् । स्रोतका अनुसार आज जसरी पनि बयान सक्नुपर्ने अडानमा उनी छन् ।
उनले भनेका छन्, ‘आज बयान नसकेसम्म यो कुर्सीबाट उठ्दिनँ ।’जिल्ला अदालत कास्कीले रविलाई ६ दिन थुनामा राख्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिएको छ । अझै थुनामा राख्नका लागि प्रहरीले भोलि रविलाई अदालतमा पेश गर्दैछ । अनुसन्धान नसकिएको भन्दै थप केही दिन माग्ने प्रहरीको तयारी छ ।
रविलाई प्रहरीले म्याद थपका लागि बिहिबार कास्की जिल्ला अदालतमा पेश गर्नेछ । पोखराको सूर्यदर्शन सहकारीको करिब ४ करोड रुपैयाँ बचत गोरखा मिडिया मार्फत अपचलन गरेको अभियोगमा बुधबार अन्तिम बयान चलिरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ । बयान सकेर जिल्ला अदालतमा थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको तर बयान नसकिएमा म्याद थपेर फेरि बयान जारी राख्ने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेको कार्यकक्षमा रविको बयान लिइएको छ । बयानमा रविले पोखराको सहकारीबाट ऋण नलिएको र रवि लामिछाने भनी उल्लेख भएको नाम आफ्नो नभएको दाबी गरेका छन् । तर उनले यो बयान नसकिएसम्म आफू कुर्सीबाट नउठ्ने जनाएर कर्मचारीलाई अप्ठ्यारोमा पारेपछि प्रहरीले बयान लिने समय सकियो भनेको थियो ।
उनले आफू गोरखा मिडियामा संलग्न भएको तर सहकारीको ऋणी भएर कहीँ पनि ऋण नलिएको दाबी गरेका छन् । संसदले गठन गरेको सहकारी छानबिन समितिले पनि सहकारीको रकम गलत रूपमा मिडियामा ल्याउने कार्य भएको र उक्त रकम ल्याउनेमा लामिछानेको भूमिका नदेखिए पनि हिनामिना गर्ने कार्यमा देखिएको भनी कारबाहीको सिफारिस गरेको थियो ।
गोरखा मिडिया नेटवर्कको बैंक खातामा मात्र विभिन्न पाँच सहकारी संस्थाका नामबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सिधै रकम जम्मा भएको संसदीय समितिले अध्ययनको क्रममा फेला पारेको थियो । सूर्य थापाको नेतृत्वमा रहेको सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा पाँच सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पैसा आएको ठहर गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार