सीडीओ र एसपीलाई तानियो, कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार २३:२४:१४
७ कात्तिक, काठमाडौं । ‘कमाण्ड कन्ट्रोल’ गर्न नसकेको आरोपमा चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) तानिएका छन् । गृह मन्त्रालयले चितवनका सीडीओ इन्द्रदेव यादवलाई मन्त्रालय तानेर सहसचिव प्रकाश पौडेललाई पठाइएको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई तानेर मानव बेचबिखन ब्यूरोका एसपी गौतम मिश्रलाई पठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहनलगायत अवाञ्छित गतिविधि गर्दा सीडीओ र एसपीले कन्ट्रोल गर्न नसकेको आरोप छ । ‘मुलुकको प्रधानमन्त्रीमाथि भद्दा मजाक हुँदा समेत सीडीओ र एसपीले नियन्त्रण गर्न नसकेपछि उनीहरूलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिइएको हो’ गृह स्रोत भन्यो ।
सीडीओ यादव र एसपी रिमालले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले सरकार विरुद्ध जथाभावी आन्दोलन गर्दा पनि त्यसलाई रोक्न नसकेको उनीहरूमाथि आरोप छ । रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदी किनारमा दाहसंस्कार गरेका थिए । उक्त कार्यलाई प्रशासनले रोक्ने प्रयास समेत नगरेको भन्दै फिर्ता गरेको हो । गृहले पठाएका सिडियो अहिलेको तुलनामा कडा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार