उत्साह जगाउन नसकेको ओली सरकारको सय दिन
नेपालबहस संवाददाता
कात्तिक ८, २०८१ बिहिबार ९:९:४३
८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पुरा भएको छ । बुधबार प्रधानमन्त्री ओलीले सय दिन पुगेको अवसरमा गरेका कामको विवरण सार्वजनिक गरे । उनले आफूले विश्वासको मत लिँदा गरेका बाचाको ७० प्रतिशत पुरा गरेको दाबि गरे । बाँकी ३० प्रतिशत प्राकृतिक विपद्का कारण पुरा हुन नसकेको समेत उल्लेख गरे ।
ओली सरकारको सय दिनको कामको विश्लेषण गर्नु अघि यो सरकार निर्माणको पृष्ठभूमि बारे चर्चा गर्नु सहि हुन्छ । यो सरकार देशकै ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार हो । सामान्यतया धेरै कम पटक यस्तो अवसर आउँछ, जहाँ देशका प्रमुख प्रतिद्वन्दी दल मिलेर सरकार बनाउँछन् । हो अहिले पनि यस्तै दुर्लभ सरकार बनेको छ । प्रचण्ड अस्थिर भएर गठबन्धन फेरिरहेपछि पालै पालो धोका खाएका कांग्रेस-एमाले एक ठाउँमा आएर र सरकार बनाए ।
जनतामा छाएको चरम निराशा, बढ्दो बेरोजगारी, विदेशिने प्रवृत्ति, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरताको बीचमा कांग्रेसको सहयोगमा ओलीले सरकार बनाएको स्पष्ट नै छ । अब सय दिन शासन गरेका ओलीले के माथि उल्लेखित समस्यामा काम गरे त ? ओलीले सम्पन्न गरे भनेका ७० प्रतिशत काममा यी समस्या परेको देखिँदैन ।
देशमा परेको ठुलो प्राकृतिक विपदको सामना गर्न सरकार असफल नै भयो । राजधानीमै सरकार उद्धार गर्न असफल भयो । पूर्व तयारीमा काम गरेको देखिएन । सरकारकै संयन्त्रले पूर्व सूचना दिएर चेतावनी दिँदा पनि सरकारका अन्य संयन्त्रले थाहा नपाए जस्तो गरेको पाइयो ।
यति ठुलो प्राकृतिक विपदमा न त सरकारको पुर्व तयारी देखियो न त विपदपछि सक्रियता नै देखियो । उही परम्परागत रुपमा विपद आएपछि सेना प्रहरी परिचालन गर्ने, मन्त्री पछि हेलिकप्टर लिएर अनुगमन गर्ने, विरालो बाध्ने शैलीमा राहतको निर्णय गर्ने र आरामले राहत दिए जस्तो गर्ने कामलाई नै यो सरकारले निरन्तरता दियो ।
न त यस अघि प्रचण्ड नेतृत्वको सरकारले त्रिशुलीमा बेपत्ता दुई बस खोज्नमा देखायो, न त त्यसपछि असोज १० देखि १२ सम्म आएको भिषण वर्षापछिको विपदमा अहिलेको सरकारले नै देखायो । यसमा प्रचण्ड वा ओली भएर यस्तो फरक भयो भन्ने देखिएन । अझ प्रधानमन्त्री ओली त यता विपदले जनताको विचल्ली हुँदा अमेरिकामा बरालिदै गरेको पाइए । उनले आफ्नो यात्रा टुंगाएर स्वदेश फर्किने इच्छाशक्ति नै देखाएनन् ।
अब कुरा गरौँ प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका आफ्ना उपलब्धिमा विपदमा प्रभावितलाई राहत रकम बाँडेको, खानेपानी, विद्युत, सञ्चार, सडक मर्मत गरेको जस्ता विषय उल्लेख गरेका छन् । यो उपलब्धि कसरी भयो र ? यो त नगरी नहुने काम हो, सरकारको उपलब्धि होइन ।
एउटा उदाहरण नै लिऊँ, ओली सरकारको पहिलो निर्णय किर्तिपुरको क्रिकेट स्टेडियम ३०० दिनमा बनाउने थियो । सय दिनमा के के भयो त ? प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्न सक्नुहुन्छ ? अहिले पनि तयारी हुँदै छ, निर्देशन दिएका छौं, पहल गर्दै छौं भन्नुहुन्छ । हो समस्या यही निर नै हो ।
प्रधानमन्त्रीले दूध र उखु किसानलाई गरेको भुक्तानी, रासायनिक मलको व्यवस्थालाई उपलब्धिमा राख्नु भएछ, यसरी त अब कर्मचारीलाई तलब खुवाएको, भत्ता दिएको पनि राखे भयो त । यस्ता अति सामान्य र नगरि नहुने विषयलाई उपलब्धि मानेर प्रधानमन्त्रीले आफैले आफ्नो उपहास गरेको देखिन्छ ।
प्रश्न प्रधानमन्त्रीले आम जनताको निराशा चिर्न के काम गर्नुभयो भन्ने हो । सरकारले देशको बेरोजगारी कम गर्न नीतिगत र ठोस कार्यक्रम के बनायो भन्ने हो ? सरकारले अति सामान्य सवारी लाइसेन्स प्रिन्ट गरेर दिन नसकेर एपमा राखेको विषयलाई तिर मारेको जस्तो प्रचार गरेको सुहाएको छैन ।
प्रधानमन्त्रीले बुझ्नुपर्ने कुरा के छ भने करिब दुई तिहाईको सरकारले अब सडक मर्मत गरे, राहत वितरण गरे, निर्देशन दिए भनेर सुख पाइने र आमा जनताले सरकारको महसुस गर्ने अवस्था छँदै छैन ।
हजारौं लाखौं जनताका समस्यालाई एकै नीतिगत निर्णय र योजनाले सम्बोधन गरेर सरकार भएको महसुस गराउनुपर्ने समय हो अहिले । सय दिनको कामको विश्लेषण गर्दा प्रधानमन्त्रीसँग वा सरकारसँग त्यस्तो कार्यक्रम नै छैन जस्तो सजिलै बुझ्न सकिन्छ । त्यसैले यो सय दिन पनि त्यसरी नै बित्यो जसरी यस अघिका सरकारका बितेका थिए । नयाँ कुरा केही भएनन् वा सरकारले गर्न सकेन ।
राजनीतिक रुपमा कांग्रेस-एमाले मिलेर सरकार चलाउने विषय प्रचण्डसहितका विपक्षीलाई किनारा लगाउने बाहेक देशको विकास र अहिलेका देशका समस्या समाधानप्रति केन्द्रित हुने सम्भावना नै देखिदैन । किनकी कांग्रेस-एमाले मनदेखि मिलेका छैनन् । उनीहरूबीच अविश्वास र डर छ, जसले डेलिभरी दिने विषयमा अवरोध गरिरहेको छ ।
उनीहरू अहिले धेरै नजिक हुन पनि डराएका छन् किनकी भोलि एक अर्काविरुद्ध चुनाव लड्नुनै छ, टाढा हुन पनि सकेका छैनन् किनकी अहिले मिलेर सरकार पनि चलाउनु छ । अब निष्कर्षमा ओली नेतृत्वको सरकारको सय दिन हात्ती आयो हात्ती आयो फुस्स भएको छ, कुनै किसिमको उत्साह जगाउन असफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार