पाण्डे भन्छन, १०० दिनमा हवाई सेवा प्राधिकरण स्थापना र व्यवस्था गर्ने विधेयक बनाउनु नै ठूलो कुरा
नेपालबहस संवाददाता
कात्तिक ८, २०८१ बिहिबार १५:२२:३३
८ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको अवधिमा गरेका काम र उपलब्धिहरू सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पाण्डेले यसबारे जानकारी गराए ।
मन्त्री पाण्डेले नगारिक उड्डयन प्रधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयारजस्ता दुरगामी महत्वका कामहरूलाई उपलब्धिका रुपमा सुनाए ।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट र पर्यटन बोर्डमा चालु आवको बजेट ल्याउन सकेको र नेपाल वायुसेवा निगमका नियति र समस्या समाधान गर्न पहल भइरहेको बताए । नागरिक नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यवस्थापनलाई कुन मोडलमा लैजाने भन्ने विषयमा गम्भीर छलफल थालिएको उनको भनाइ छ ।
नेपालमा पटकपटक भएको हवाई दुर्घटना र त्यसपछि गठित आयोगका अध्ययन प्रतिवेदनले औंल्याएका विषयका समग्र अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको जानकारी गराए । नेपाल एयरलाइन्समा देखिएका समस्याहरूको दीर्घकालीन समस्या समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ । नेपाल नागरिक उड्डन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषण गरी सुरक्षित भरपर्दो एवम् विश्वसनीय बनाउन समिति समेत गठन गरी काम अघि बढाइसकेका छौं, उनले भने ।
मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक , हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, संघीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएको बताए । ती विधेयकहरू संसदको आगामी अधिवेशनमा पेश भइ परित गर्न पहल हुने स्पष्ट पारे ।
यसबीचमा देखिने गरी भएको काम ५७ वटा हिमाल आरोहण खुला गरिनु, पिक आरोहणलाई प्रवर्द्धन गर्ने गरी सरकारले ५८ सय मिटरदेखि ६५ सय मिटर उचाइका थप ५७ वटा हिमालको आरोहण खुला गर्नु जस्ता प्रगति भएको सुनाए । यो अवधिमा भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न सहुलियत तथा प्रोत्साहनसहितको कार्ययोजना मन्त्रपरिषद्बाट स्वीकृत गराई कार्यान्वयनमा ल्याइएको उनको दावी छ ।
जसको नतिजास्वरूप नेपाल आयल निगमले यी दुई विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीका लागि इन्धनको मूल्य घटाए र पछिल्लो तीन महिनामा पर्यटन मन्त्रालयको पहलमा भएको यो एक उपलब्धि भएको उनको भनाइ छ ।
यस्तै प्रतिलिपि अधिकार विधेयक, २०८१ मस्यौदा तर्जुमा गरी सुझावको लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रेषित गरिएको, पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको, संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको मन्त्री पाण्डेले बताए ।
मन्त्रालयले यस अवधिमा ललितपुरको गुईत टोलको चैत्यबाट हराई अमेरिकामा पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाणसहित नेपाल फर्काउन कुटनीतिक प्रकृया अघि बढाइएको तथा शंकर किर्ति महाविहार, भगवान वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्ति सोही स्थानमा पुनस्र्थापना गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार