१८.२५ अंकले घटेर २६२७ विन्दुमा झर्यो नेप्से, ५ अर्ब ४१ करोडका शेयर खरिदबिक्री
नेपालबहस संवाददाता
कात्तिक ८, २०८१ बिहिबार १५:३५:२८
८ कात्तिक, काठमाडौं । शेयरबजारको गिरावटले निरन्तरता पाएको छ । नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार पनि घटेर बन्द भएको छ । यो दिन बजार १८.२५ अंकले घटेर परिसूचक २६२७.१४ बिन्दु कायम भएको छ । बुधबार नेप्से परिसूचक २०.४१ अंकले घटेको थियो ।
आज हाइड्रोपावरबाहेक सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडमा खुम्चियो । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो । बैंकिङ समूहले नै बजार झार्नलाई बल पुग्यो । नेप्से परिसूचक ०.६८ प्रतिशत मात्रै झर्दा बैंकिङ समूह भने १.०२ प्रतिशत घट्यो ।
त्यस्तै विकास बैंक ०.७९, फाइनान्स ०.८८, होटल तथा पर्यटन ०.८७, लगानी ०.९२, जीवन बीमा ०.५२, उत्पादन १.२६, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा ०.६०, अन्य ०.६५ र व्यापार समूह १.९३ प्रतिशत घटे । हाइड्रोपावर समूह भने ०.३६ प्रतिशत हरियो रह्यो ।
रावा इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ४.९०, गुडविल फाइनान्सको ४.५१ तथा सुपर माइ हाइड्रोपावरको ४.२१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा, आईसीएफसी फाइनान्स, पिपुल्स हाइड्रोपावर र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।
बैंकिङ सेक्टर उच्च दरमा घटे पनि एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै बढ्यो । सो बैंकको मूल्य ९.७५ प्रतिशत बढ्यो । त्यस्तै पिपुल्स पावरको ८.०५, समृद्धि फाइनान्सको ६.१८, माथिल्लो मैलुङखोलाको ५.७८, साहस ऊर्जाको ५.१७, सुपर मादी हाइड्रोपावरको ५.१० तथा मिथिला लघुवित्तको ४.६६ प्रतिशत मूल्य बढ्यो ।
कारोबारको अन्तिम १ मिनेटमा बजार ५ अंकले बढेको थियो । तै पनि समग्र बजार भने बढ्न सकेन । कारोबारमा जलविद्युत समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । बिहीबार जलविद्युत समूहको उपसूचक ११.६५ अंकले बढेको छ । कारोबारमा ६७ कम्पनीको मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार
बजार खुल्नासाथ ४६ लाख भन्दा बढीको शेयर कारोबार
मंसिर ६, २०८१ बिहिबार
बुधबार नेप्से परिसूचकमा ९ अंकको सुधार, कारोबार रकम भने ३ अर्ब ३८ करोडले घट्यो
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार