७८ हजार घुससहित दिउँसै समातिए सिम्रौनगढ नगरपालिकाका प्रशासकीय अधिकृत साह
नेपालबहस संवाददाता
कात्तिक ८, २०८१ बिहिबार १६:२८:५९
८ कात्तिक, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई पक्राउ गरेको छ । टोलीले बिहीबार दिउँसो ७८ हजार नगदसहित साहलाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा हेटौंडाबाट खटिएको टोलीले साहलाई कलैयाबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । कलैया उपमहानगरपालिका–४ मा सेवाग्राहीसँग रकम लिइरहेको अवस्थामा साहलाई नियन्त्रणमा लिइएको अख्तियार हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।
साहले बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम लिएका थिए । रकम लिइरहेको अवस्थामा पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि हेटौंडा लगिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित
कात्तिक २४, २०८१ शनिबार
निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर
कात्तिक १४, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार