विद्युतको पैसा नतिर्ने उद्योगको प्राधिकरणले फेरी काट्यो लाइन
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार ८:३१:३५
९ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ । प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको छ ।
यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दीपक खड्कासँग भेट गर्दै विद्युत लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिन आग्रह गरेका थिए । यसअघि गत असोज २४ मा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिकसम्मको म्याद दिएको थियो । मन्त्री खड्काले कुलमानलाई स्पष्टीकरण सोधेपछि उनले यो कदम चालेका थिए । विद्युत महसुलमा कुलमान र सरकारको धारणा बाझिएपछि यो विषय झन् पेचिलो बन्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार