डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार ९:५२:३२
९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आज दिएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन् ।
प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन् ।
उनले डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिएका छन् । “नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेङ्गी नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु”, सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसद अधिवेशन र अध्यादेशबारे साझा धाराणा बनाउन सिंहदरबारमा विपक्षी दलहरूको बैठक
माघ १७, २०८१ बिहिबार
पुर्वराजा ज्ञानेन्द्र आज भारत जाने
माघ १७, २०८१ बिहिबार
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी
माघ १६, २०८१ बुधबार
सशस्त्रमा दुश्मन हेरेको हेर्यो भन्ने गीतको चर्चा !
माघ १६, २०८१ बुधबार
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी
माघ १६, २०८१ बुधबार
हेलिकोप्टरसँग ठोक्किएर अमेरिकमा ६४ जना यात्रु सवार विमान दुर्घटना
माघ १७, २०८१ बिहिबार
संसद अधिवेशन र अध्यादेशबारे साझा धाराणा बनाउन सिंहदरबारमा विपक्षी दलहरूको बैठक
माघ १७, २०८१ बिहिबार
ऊर्जामा लगानी गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह
माघ १७, २०८१ बिहिबार
जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्
माघ १७, २०८१ बिहिबार
सभापति कपको उपाधिमा संकटा र आयोजक बागमती भिड्दै
माघ १७, २०८१ बिहिबार
पुर्वराजा ज्ञानेन्द्र आज भारत जाने
माघ १७, २०८१ बिहिबार