ज्वालामाई गणका एसपी थापा विवादमा, बलात्कार अभियोगमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १०:४७:२
![](https://nepalbahas.prixacdn.net/media/albums/APF-Armed-Police-Force_PrGVcii5XX_y8z9kulKg3.jpg)
९ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बल ज्वालामाई गण नं. २९ का प्रमुख एसपी रमेश थापा विवादमा तानिएका छन् । दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको विषयमा सशस्त्र प्रहरीका एसपी नै बचाउन लागेपछि उनी विवादमा तानिएका हुन् । विवादकै घेरामा रहेका एसपी थापाले दुई कर्मचारीलाई जोगाउन खोज्दा स्थानीयहरूले गणमा घेरा हाल्नुपर्ने अवस्था सिर्जना भएको थियो । उनले सशस्त्र प्रहरीलाई बदनाम गराउने कोसिस गरेपछि सशस्त्र मुख्यालयले पनि नोटिसमा लिएको जनाएको छ ।
एसपी थापाले लुकाउन खोजे पनि नेपाल प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । बालिका बलात्कृत भएको १५ दिनपछि मात्रै आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको हो । सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोका मगर र रेवन पचभैया मगर पक्राउ परेका हुन् । उनीहरुले बलात्कार गरेको विषयमा गणभित्र यसअघि नै थाहा भएपनि त्यहाँका एसपी थापाले लुकाउन खोज्दा आरोपीहरु पक्राउ पर्न सकेका थिएनन् ।
सो आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवलदार पक्राउ परेका हुन् । ‘राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोका मगर र रेवन पचभैया मगर पक्राउ परेका हुन्’, लुम्बिनी प्रदेश प्रमुख डीआईजी कुबेर कठायतले बताए । सशस्त्र कार्यालय बाहिर दशैँमा पिङ खेल्न गएको बेला ती हवल्दारले दुई बालिकालाई बलात्कार गरेको खुलेको छ ।
गत असोज २४ गते भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीय र १४ वर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवलदारलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी मुख्यालय जनाएको छ । ‘सशस्त्र प्रहरीका दुई कर्मचारीमाथि आरोप लागेपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ । सशस्त्र प्रहरीले जिम्मा लगाइसकेपछि निष्पक्ष अनुसन्धान हुने अपेक्षा गरेका छौ’, सशस्त्र प्रहरी मुख्यालयका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने ।
घटना असोज २४ गतेको भएपनि ढाकछोपका कारणले ढिला गरी सार्वजनिक भएको हो । उनीहरूलाई हिजो जिल्ला अदालत दाङबाट अनुसन्धान लागि म्याद थप गरिएको छ । दशैंको समयमा, असोज २४ गते बेलुकी पख गण नजिकै पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकामाथि अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितका आफन्तले सोही रात प्रहरीलाई सूचना दिएका थिए । सूचना पाएलगत्तै प्रहरीले अनुसन्धान थाले पनि बलात्कारमा संलग्न भनिएका व्यक्तिको पहिचान हुन सकिरहेको थिएन । ‘सशस्त्र प्रहरीकै एसपी थापाले उनीहरुलाई संरक्षण गरेको देखियो’,स्रोतले भन्यो ।
प्रहरीले लामो समयसम्म पनि दोषी पहिचान गरी नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयले बुधबार विरोध गरेका थिए । बुधबार त स्थानीयले भालुवाङ बजार बन्द गराउनुका साथै त्यहाँको सशस्त्र प्रहरीको २९ नम्बर ज्वालामाई गणमा समेत घेराउ गर्दै आरोपितलाई नजोगाउन माग गरेपछि बाध्य भएर एसपी थापाले उनीहरुलाई अनुसन्धानका लागि जिम्मा लगाएका हुन् ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी थापाले घटना अनुसन्धानका लागि सशस्त्र प्रहरीले निष्पक्ष रूपमा सघाउने बताए । ‘कुनै व्यक्तिले गर्ने गल्तीमा सिंगो संगठन जोड्न हुँदैन, एसपी साबले पनि जोगाउन खोज्नु भयो होला भन्ने हामीले कल्पना गर्दैनौ, थाहा पाएपछि उहाँले नै अनुसन्धान लागि पठाउनु भएको होला’, डीएसपी थापाले भने । तर असोज २४ गतेको घटनामा किन आलटाल भयो भन्नेमा सशस्त्र प्रहरीले केही बताएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
अमेरिका मात्र होइन, कोस्टारिका सरकारले पनि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
अमेरिका मात्र होइन, कोस्टारिका सरकारले पनि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
अमेरिका मात्र होइन, कोस्टारिका सरकारले पनि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने
फागुन ६, २०८१ मंगलबार