प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
स्वईच्छा महर्जन
कात्तिक ९, २०८१ शुक्रबार १०:३६:२१
९ कात्तिक, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको सम्पत्ति र आय आर्जनमाथि समेत अनुसन्धान सक्रिय भएको छ । सम्पति शुद्धीकरण विभागले पनि उनीमाथि अनुसन्धान शुरु गरेको हो ।
सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरणमा तानिएका छन् । प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले रविको सम्पत्ति खोजबिन शुरु गरेको हो । २०८० सालमै विभागले खोजवीन शुरु गरेको भएपनि गृहमन्त्री भएपछि रोकिएको थियो । तर उनी पक्राउ परेपछि विभागले यसको प्रकृया अघि बढाएको छ ।
ग्यालेक्सी टेलिभिजनको शेयर किनबेचका क्रममा आर्थिक कारोबार नभएको भन्दै उनले पत्रकार सम्मेलन गरेकै दिन २०८० माघ ८ गते विभागले २० वटा बैंकलाई पत्र लेखेर खाता विवरण तथा कागजात उपलब्ध गराउन भनेको थियो । ती बैँकले त्यसबेलै विवरण पनि बुझाएका छन् । विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ भनेर उल्लेख गरेको पत्र पठाएको थियो । रविसँगै ग्यालेक्सी फोर के टेलिभिजनका मालिक गितेन्द्रबाबु (जीबी)राईको विवरण माग गरिएको छ । बैंकहरुले विवरण पनि पठाइसकेका छन् ।
विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेष्ट, एनआईसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको थियो । ग्यालेक्सीमा प्रबन्ध निर्देशक रहँदाका बखत भएको उक्त गैरकानुनी कारोबारमा ‘स्वेट शेयर’ लिएको दावी गर्ने रवि पनि मुछिएका हुन् ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गर्ने भन्दै म्याद थप गरेपछि विभागलाई झन सहज भएको हो । सङ्गठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट थप ७ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विभागले अनुसन्धान शुरु गरेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री भएका थिए । त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेका थिए । दाहालको ठाडो आदेशमा सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढेको थिएन ।
स्वईच्छा महर्जन
स्वईच्छा महर्जन बिगत तीन बर्षदेखि नेपालबहस डटकममा संवाददाताका रुपमा कार्यरत छन् । नेपालबहसको डेस्कमा बसेर विभिन्न समाचार, लेख रचना तथा फोटो सम्पादन गर्ने उनको जिम्मेवारी रहेको छ ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार