ख्वप तिलगंगा आखा अस्पताल भक्तपुरमा बिशिष्टकृत शल्यक्रिया सेवा शुरु
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १३:९:१०
९ कात्तिक, भक्तपुर । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विषेशज्ञ तथा अकुलर अंकोलाजी तथा अकुलोप्लाष्टी विभाग प्रमुख डा. पुर्णिमाराज कर्णिकार स्थापितद्घारा ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुरमा अकुलोप्लाष्टी रोग सम्बन्धि शल्यक्रिया सफलताका साथ पहिलो पटक सम्पन्न भएको छ । सो एकदिने शल्यक्रियामा ख्वप तिलगंगा आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा. सुदीपलाल राजभण्डारीसमेतले शल्यक्रियामा भाग लिएको थियो ।
डिसिआर, डिसिटी, लिड मास, इन्टोपिअन जस्ता शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले उक्त दिन शल्यक्रिया गराएका थिए । अबका दिनमा अकुलोप्लाष्टी सम्बन्धि शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले ख्वप तिलगंगा आँखा अस्पतालबाटै शल्यक्रिया सुबिधा नियमित रुपमा पाउने जनाइएको छ ।
सामुदायिक आँखा केन्द्रको रुपमा भक्तपुर नगरपालिका, तिलगंगा आँखा प्रतिष्ठानबिचको सहकार्य र हिमालय क्याटरयाक्ट परियोजनाको आर्थिक सहयोगमा नेपाल आँखा कर्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशालाको शाखाको रुपमा सन् २००६ मा स्थापना भएको हो । आँखा केन्द्रले सेवा शुरु गरेको १३ बर्षपछि अर्थात सन २०१९ मा स्ट्यान्डर्ड चार्टर्डको सिइङ इज बिलिभिङ कार्यक्रमकोे सहयोगमा आँखा केन्द्रको स्तरउन्नती भई ख्वप तिलगंगा आँखा अस्पताल परिणत भएको थियो ।
अस्पतालले ख्वप अस्पतालको चौथो तलाबाट दैनिक बिहान ८ बजेदेखि बेलुका ४ः३० बजेसम्म सेवा दिदै आएको छ । अस्पतालले बाह्य कार्यक्रम अन्तर्गत एकदिने समुदायलाई लक्षित गरी सामुदायिक आँखा शिविर र बिद्यालयलाई लक्षित गरी बिद्यालय आँखा जाँच शिविर संचालन गर्दै आएको छ । एकजना नेत्र रोग बिशेषज्ञसहित १८ जना कर्मचरीबाट सेवा दिदै आएको अस्पतालमा हालसम्म ४ लाख भन्दा बढी सेवाग्राहिले सेवा लिइसकेको आँखा अस्पतालका ईन्चार्ज धिरज अधिकारीले बताए । आगामी दिनहरुमा आँखा सम्बन्धि सेवाहरु अझै थप्दै जाने र बिशिष्टिकृत सेवाहरु पनि ख्वप तिलगंगा आँखा अस्पतालबाटै उपलब्ध गराउने योजना रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार