मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १३:९:१९
९ कात्तिक, बागमती । मकवानपुरमा कुपोषण रोकथाम चुनौती बनेको छ । यद्यपि कुपोषणको सिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्यलाभ गरेका छन् ।
मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार अनुसार आर्थिक वर्ष २०८०-८१ मा फेलापरेको कडा कुपोषित बालबालिकामध्ये ४९ प्रतिशत बालबालिका उपचारपछि निको भएका छन् ।
आव २०८०-८१ मा कडा कुपोषित एक सय ३३ बालबालिकामध्ये उपचारपछि ५९ जना स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् । कडा कुपोषितमध्ये नौ बालबालिकाका अभिभावकले आफूखुसी घर फर्काएर लगेको र बाँकी बालबालिकाको अझै उपचार भइरहेको छ ।
अघिल्लो आव २०७९-८० मा कुपोषित एक सय ३१ जना बालबालिकाको उपचार गरिएकामा ४८ प्रतिशत बालबालिका निको भएर घर फर्किएका थिए । कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा २१ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र 'ओटिसी सेन्टर' स्थापना गरेर उपचारात्मक तयारी खाना 'पोषिलो खाना' कार्यक्रम सञ्चालन भइरहेको प्रमुख मिजारले बताए ।
उनले मकवानपुरमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए । पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको उनले बताए । पोषण सुधार गर्न जिल्लामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।
गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न एकीकृत पोषण कार्यक्रम सञ्चालनमा छ । ‘‘जिल्लामा सञ्चालित २१ वटा ओटिसी सेन्टरमा जाँच हुन्छ, जाँचका क्रममा कडा कुपोषण भएका बालबालिकाको उपचार गर्ने गरेका छौँ”, प्रमुख मिजारले भने, “हेटौँडा अस्पताल परिसरभित्र स्थापना गरिएको पोषण पुनःस्थापना गृह 'एनआर एच'मा बालबालिकालाई पोषणायुक्त खानासँगै उपचार हुन्छ ।” कार्यक्रमले गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याएको उनको भनाई छ ।
मकवानपुरमा जन्मिएको १२ महिनाभित्र बालबालिकाको तौल लिनेको सङ्ख्या बढेको छ । दुई वर्षभित्रका बालबालिकाको कम्तीमा २४ पटक वजन मापन गर्नुपर्नेमा दुई वर्षमा पाँचपटक मात्र बालबालिकाको वजन मापन हुने गरेको प्रमुख मिजारले बताए ।
आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा बालबालिकाहरुको तौल गराउनेको सङ्ख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बालबालिकाको सङ्ख्यासमेत कम भएको छ । आव २०७९-८० मा कम तौल भएको बालबालिका दुई प्रतिशत रहेकामा आव २०८०-८१ मा त्यो एक प्रतिशतमा झरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऔषधि लिमिटेडले भन्यो :- बजारमा सिटामोल अभाव छैन
कात्तिक ९, २०८१ शुक्रबार
स्वास्थ्यमा महसुस हुने गरी सुधार हुँदैछ, बीमा ५ लाख पुग्छ पुग्छ : स्वास्थ्यमन्त्री पौडेल
कात्तिक ८, २०८१ बिहिबार
बाढीपहिरो प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर
कात्तिक ८, २०८१ बिहिबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कुसुम सेञ्चुरी
कात्तिक ९, २०८१ शुक्रबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कात्तिक ९, २०८१ शुक्रबार
प्रहरीले २५ दिन माग्दा पौडेलले ७ दिनमा मात्र थपे म्याद, हिरासतमै वित्ने भो रविको तिहार
कात्तिक ८, २०८१ बिहिबार
प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
कात्तिक ९, २०८१ शुक्रबार
विश्वकप लिग-२ को सिरिज आजदेखि, पहिलो खेलमा अमेरिका र स्कटल्याण्ड भिड्दै
कात्तिक ९, २०८१ शुक्रबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ७ जना पक्राउ
कात्तिक ९, २०८१ शुक्रबार
एनपीएलमा पोखराको कन्सल्टेन्ट बने जोन्टी रोड्स
कात्तिक ९, २०८१ शुक्रबार
सिस्नेरीमा निधन भएका फुटबल खेलाडीका परिवारको प्रधानमन्त्रीलाई ध्यानाकर्षण
कात्तिक ९, २०८१ शुक्रबार
अवैध रूपमा सुनको कारोबार गर्ने दुई जना पक्राउ
कात्तिक ९, २०८१ शुक्रबार
औषधि लिमिटेडले भन्यो :- बजारमा सिटामोल अभाव छैन
कात्तिक ९, २०८१ शुक्रबार