विश्वकप लिग-२ को सिरिज आजदेखि, पहिलो खेलमा अमेरिका र स्कटल्याण्ड भिड्दै
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १४:४६:०
९ कात्तिक, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तगर्तको त्रिकोणात्मक सिरिज आजदेखि शुरु हुँदै छ । नेपालसहित अमेरिका र स्कटल्याण्ड सहभागी यस सिरिजको पहिलो खेल आज अमेरिका र स्कटल्याण्डबीच हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९:१५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ । यो सिरिज एकदिवसीय फर्म्याटमा हुने खेलमा हुँदै छ ।
त्यस्तै नेपालको खेल भने आइतबार राति अमेरिका हुने छ भने दोस्रो खेल स्कटल्याण्डसँग बिहीबार खेल्ने छ भने नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ फेरि स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ ।
तेस्रो पटक लिग-२ खेल्न लागेको नेपालको यस सिजनमा प्रदर्शन भने निकै कमजोर रहेको छ । लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म खेलेका ८ खेलमा केवल एक खेल मात्र जितेको छ भने ६ खेलमा पराजित भएको छ । जबकी एक खेल अनिर्णित हुँदा अंक बाँडेको थियो ।
अहिलेसम्म १२ खेल खेल्दै १६ अंकसहित क्यानडा शीर्ष स्थानमा छ भने अमेरिका ८ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डस ८ खेलमा १२ अंक हासिल गर्दै तेस्रो र नामिबिया १२ खेलमा १० अंक हासिल गर्दै चौथो स्थानमा छ ।
त्यस्तै स्कटल्याण्ड ७ खेलमा ९ अंक हासिल गर्दै पाँचौं, ओमान ८ खेलमा ६ अंक हासिल गर्दै छैटौं र नेपाल ८ खेलमा ३ अंक हासिल गर्दै सातौं स्थानमा छ । त्यस्तै युएई ७ खेलमा २ अंक हासिल गरेर पुछारमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार