बलिउड अभिनेत्री रियालाई राहत लुक आउट सर्कुलर जारी गर्ने रिट खारेज
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १५:४२:२३
९ कात्तिक, काठमाडौं। बलिउड अभिनेत्री रिया चक्रवर्तीविरुद्ध लुक आउट सर्कुलर जारी गर्न दायर गरेको रिट भारतको सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सीबीआई, महाराष्ट्र सरकार र ब्यूरो अफ इमिग्रेसनले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ र आमाबुवा विरुद्ध लुक आउट सर्कुलर जारी गर्न रिट जारी गरेका थिए ।
बम्बे उच्च अदालतले यी चार व्यक्तिहरूविरुद्ध जारी गरिएको लुक आउट सर्कुलर रद्द गरेपछि उच्च अदालतको यो आदेशलाई सर्वोच्चमा चुनौती दिइएको थियो ।
यी सर्कुलरहरू अभिनेता सुशान्त सिंहको मृत्युको प्रकरणमा रिया चक्रवर्ती, उनका भाइ शोभिक, बुबा (पूर्व सेना कर्मचारी) र आमा (सेना स्कूल शिक्षक) विरुद्ध २०२० मा जारी गरिएको थियो । सुशान्त सिंह राजपूतको परिवारले उनको मृत्युको छानबिन गर्न पटनामा एफआईआर दायर गरेको थियो । त्यसपछि यो मुद्दा सीबीआईलाई सुम्पिएको थियो।
लाइभ लको समाचारका अनुसार न्यायमूर्ति बीआर गवई र न्यायमूर्ति केवी विश्वनाथनको इजलासले यो निवेदनमा गम्भीरता नभएको र अभियुक्तहरू 'हाइ प्रोफाइल' पृष्ठभूमिबाट आएकाले मात्र यो दायर गरिएको टिप्पणी गर्दै याचिका खारेज गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमान खानको सिकिन्दरले तोड्यो शाहरुख खानको रेकर्ड
पुष १६, २०८१ मंगलबार
सन् २०२४: बलिउडमा घटेका चर्चित घटना के के हुन् ?
पुष १५, २०८१ सोमबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार