चिसो मौसम सुरु भएसँगै डेङ्गु संक्रमण घट्दै
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १६:३०:४३
९ कात्तिक, गण्डकी । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको संक्रमण घट्दै गएको पाइएको छ । गण्डकी प्रदेशमा गत सेप्टेम्बरमा छ हजार नौ सय २० जनामा डेङ्गु संक्रमण पुष्टि भएकामा अक्टोबर २२ तारिकसम्ममा जम्मा तीन हजार आठ सय ५६ जनामा उक्त रोगको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
“चिसो याम सुरु भएकाले अब विस्तारै संक्रमण कम हुँदै जान्छ, फागनुदेखि फेरी सङ्क्रमण बढ्न थाल्छ”, निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले भने, “कात्तिक अन्तिमसम्मै संक्रमणको जोखिम रहिरहने हुनाले हरेकले स्वास्थ्य सतर्कता अपनाउनुपर्छ ।” उनका अनुसार गत फेबु्रअरीमा जम्मा ११ जनामा डेङ्गु संक्रमण पुष्टि भएकामा त्यसयताका महिनामा क्रमशः सङ्क्रमितको संख्या थपिँदै गएको हो ।
जुन महिनासम्ममा ९३ जनामा सीमित रहेको उक्त रोगको सङ्क्रमण जुलाई महिनामा बढेर सात सय २९ जनामा संक्रमण देखिएको थियो । अगष्टमा एकैचोटि चार हजार ८४ जनामा डेङ्गी संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत जनवरीयताको अवधिमा सबैभन्दा बढी कास्की जिल्ला डेङ्गीबाट बढी प्रभापित भएको देखिन्छ । निर्देशनालयको तथ्याङ्क अनुसार कास्कीमा सात हजार आठ सय ९४ जनामा डेङ्गु संक्रमण भएको छ ।
सबैभन्दा कम मनाङमा जम्म पाँच जनामो उक्त रोगको सङ्क्रमण देखिएको महानिर्देशक खड्काले जानकारी दिए । कास्कीपछि धेरै सङ्क्रमण फैलिएको जिल्ला तनहुँमा तीन हजार तीन सय ७२ जना सङ्क्रमित भएको उनको भनाइ छ । पर्वतमा १३ सय ३४, बागलुङमा एक हजार ६१, गोरखामा आठ सय ४४, स्याङ्जामा छ सय ३६, म्याग्दीमा तीन सय ३१, नवलपुरमा दुई सय ४६, लमजुङमा एक सय २२ र मुस्ताङमा जम्मा नौ जना डेङ्गुबाट संक्रमित भएका हुन् ।
सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा सात हजार सात सय ८१ ज्नामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ । यस वर्ष डेङ्गी सङ्क्रमणका कारण प्रदेशभित्रका आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । असारदेखि कात्तिकसम्म डेङ्गु संक्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु संक्रमण हुने गरेको चिकित्सक बताउँछन् ।
समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेङ्गुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । डेङ्गु रोग ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गुको संक्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऔषधि लिमिटेडले भन्यो :- बजारमा सिटामोल अभाव छैन
कात्तिक ९, २०८१ शुक्रबार
मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै
कात्तिक ९, २०८१ शुक्रबार
स्वास्थ्यमा महसुस हुने गरी सुधार हुँदैछ, बीमा ५ लाख पुग्छ पुग्छ : स्वास्थ्यमन्त्री पौडेल
कात्तिक ८, २०८१ बिहिबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कुसुम सेञ्चुरी
कात्तिक ९, २०८१ शुक्रबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कात्तिक ९, २०८१ शुक्रबार
प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
कात्तिक ९, २०८१ शुक्रबार
सुप्रिमबाट गोर्खा मिडियामा आएको १४ करोड २९ लाखमध्ये रवि र छविको नाममा ४ करोड ५० लाख
कात्तिक ९, २०८१ शुक्रबार
हिंस्रक खलनायक बन्दै नवाजुद्दीन सिद्दिकी
कात्तिक ९, २०८१ शुक्रबार
कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप
कात्तिक ९, २०८१ शुक्रबार
६२ वर्षपछि स्तरोन्नति हुन लागेका बुटवल–गोरुसिंगे सडक विस्तारको गर्न काम सुरु
कात्तिक ९, २०८१ शुक्रबार
बालुवाटारबाट सत्तारुढ दलले जारी गरे संयुक्त वक्तव्य
कात्तिक ९, २०८१ शुक्रबार
राखेपका पूर्व सदस्यसचिव राणाको निधन
कात्तिक ९, २०८१ शुक्रबार
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु
कात्तिक ९, २०८१ शुक्रबार